१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लेस्टरमाथि वेस्ट ह्यामको सानदार जित

एएफपी

लन्डन — वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा उत्कृष्ट सुरुआतलाई कायम राख्दै सोमबार १० खेलाडीमा सीमित लेस्टर सिटीलाई ४–१ ले हराएको छ । त्यसमा मिखाइल एन्टोनियोले दुई गोल गरे ।

लेस्टरमाथि वेस्ट ह्यामको सानदार जित

डेविड मोयसको टिमले पाब्लो फोरनाल्सको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । लन्डन स्टेडियममा फोरनाल्समाथि डरलाग्दो फल खेलेका आयोज पेरेजलाई रातो कार्ड देखाएपछि लेस्टर १० खेलाडीमा सीमित रह्यो ।

सइड बेनरहमले वेस्ट ह्यामका लागि दोस्रो गोल गरेयता लेस्टरका तर्फबाट योरी टिलेमन्सले एक गोल फर्काए । त्यसपछि एन्टोनियोले दुई गोल थपे । प्रिमियर लिगमा वेस्ट ह्यामका लागि यो उनको कीर्तिमानी ४९औं गोल रह्यो ।


प्रकाशित : भाद्र ८, २०७८ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?