कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग
एजेन्सी

लिभरपुल — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार लगातार दोस्रो खेल जितेको छ । उसले बर्नलीलाई एनफिल्डमा भएको खेलमा सजिलै २–० ले हरायो । योर्गन क्लोपको टिमका लागि डिएगो जोटाले हेडबाट १८ औं मिनेटमा गोल गरे ।

लिभरपुलको लगातार दोस्रो जित

त्यसपछि साडियो मानेले ६९ औं मिनेटमा नजिकको दूरीबाट शक्तिशाली प्रहार गर्दै दोस्रो गोल थपे । पहिलो हाफमा बर्नलीले बलियो चुनौती पेस गरे पनि दोस्रो हाफको खेल पूर्णत: लिभरपुलको पकडमा रह्यो ।

घरेलु मैदानमा प्राप्त यस जितपछि लिभरपुलेको दुई खेलबाट ६ अंक भएको छ । लिभरपुल लिग तालिकामा सुरुआती अग्रता लिन सफल भएको छ । आफ्नो पहिलो खेलमा नरविचलाई हराएको लिभरपुलले लगातार दोस्रो खेलमा ‘क्लिन सिट’ पनि राखेको छ ।

प्रकाशित : भाद्र ५, २०७८ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?