कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

साफ च्याम्पिनसिपमा नेपालको पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स

काठमाडौँ — माल्दिभ्समा हुने साफ च्याम्पिनसिपको बुधबार खेल तालिका सार्वजनिक भएको छ । जसअनुसार नेपालको पहिलो खेल आयोजक माल्दिभ्सविरुद्ध परेको छ । दक्षिण एसियाली फुटबल महासंघले जारी गरेको तालिका अनुसार नेपालले अक्टोबर १ मा माल्दिभ्सको सामना गर्नेछ ।

साफ च्याम्पिनसिपमा नेपालको पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स

कुल पाँच देशको सहभागिता रहेको प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुनेछ र त्यस अनुसार नेपालले अक्टोबर ३ मा श्रीलंका, ८ मा भारत र १० मा बंगलादेशको सामना गर्नेछ । लिग चरणको समाप्तीमा अंक तालिकाको शीर्ष दुई स्थानमा रहने टिमले सिधै फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतारीको नेतृत्वमा नेपाली टिम अहिले पोखरामा बन्द प्रशिक्षणमा रहेको छ । त्यसमा २८ खेलाडी रहेका छन् । साफ च्याम्पिनसिपको तयारीका क्रममा नेपालले भारतविरुद्ध दशरथ रंगशालामा दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्नेछ । यी खेल सेप्टेम्बरका २ र ५ मा हुनेछ ।

प्रकाशित : भाद्र २, २०७८ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?