कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

राजेशहरि जोशी स्मृति चेस हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष राजेशहरि जोशीको स्मृतिमा भदौ २२ देखि २६ सम्म जोशी स्मृति खुला फिडे रेटिङ रनिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

नेपालको बुद्धिचाल खेललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका जोशीको स्मृतिमा हुने प्रतियोगितामा ३ लाख १० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ । कोभिड–१९ लाई ध्यानमा राखेर सामाजिक दूरी कायम राख्न १ सय खेलाडीमात्र सहभागी गराइने आयोजक ललितपुर स्पोर्ट्स क्लबले जनाएको छ । स्पर्धा ललितपुरको कुमारीपाटीमा हुनेछ ।

स्विस लिगअनुसार हुने प्रतियोगितामा खुलातर्फ विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला विजेताले १० हजार, दोस्रोले ८ हजार र तेस्रो हुनेले ६ हजार प्राप्त गर्नेछन् । अनरेटेड, भेट्रान र विभिन्न समूहका गरी ३८ खेलाडीलाई नगद पुरस्कार व्यवस्था गरिएको छ । क्लबले प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने उद्देश्य राखेको छ ।

प्रकाशित : श्रावण ३०, २०७८ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?