१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

फर्नान्डेजको ह्याट्रिकमा म्यानचेस्टरको सानदार सुरुआत

एजेन्सी

म्यानचेस्टर — ब्रुनो फर्नान्डेजको ह्याट्रिकको मद्दतले म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार लिड्स युनाइटेडलाई ५–१ ले हराएर सानदार सुरुआत लिएको छ । पोर्चुगाली फरवार्ड फर्नान्डेजले ३०, ५४ र ६० औं मिनेटमा गोल गरे ।

फर्नान्डेजको ह्याट्रिकमा म्यानचेस्टरको सानदार सुरुआत

यस्तै म्यानचेस्टरका लागि मेसन ग्रिनउड र फ्रेडले एक एक गोल गरे । लिड्सका तर्फबाट लुक एलिङले एक गोल फर्काए । खेलमाथि म्यानचेस्टरको पूर्ण नियन्त्रण रह्यो ।

उपाधिका लागि बलियो दाबेदार मानिएको म्यानचेस्टरको यस विजयी सुरुआतपछि उसले आफ्नो प्रतिद्वन्द्वी खेलाडीलाई चेतावनी दिन पनि सफल भएको छ । ओल्ड ट्रायफोर्डमा भएको खेलमा क्रममा १७ महिनायता रंगशाला पहिलो पल्ट दर्शकले भरिएको थियो ।


प्रकाशित : श्रावण ३०, २०७८ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?