पाँचौं दिन वासआउट : नतिजा बराबरी- खेलकुद - कान्तिपुर समाचार

पाँचौं दिन वासआउट : नतिजा बराबरी

एजेन्सी

नटिंघम — इंग्ल्यान्ड र भारतबीचको पहिलो टेस्ट आइतबार निराशाजनक बराबरीमा टुंगेको छ । अन्तिम तथा पाँचौं दिन वर्षाले खेल सम्भव नभएर वासआउट भएपछि स्पष्ट नतिजा नआएको हो ।

भारतले जितका लागि अन्तिम दिन १ सय ५७ रन बनाउन आवश्यक थियो । अघिल्लो दिनको खेलको समाप्तिमा भारतले एक विकेट गुमाएर ५२ रन बनाएको थियो ।

टेस्टले रोमाञ्चक मोड लिने निश्चित भएको स्थितिमा वर्षाले खेल विथोलिएको हो । यस नतिजासँगै पाँच टेस्टको शृंखला पनि बराबरीमै रह्यो । अब दोस्रो टेस्ट अगस्ट १२ बाट सुरु हुनेछ ।

प्रकाशित : श्रावण २४, २०७८ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्

सान्चो म्यानचेस्टर युनाइटेडमा

एजेन्सी

लन्डन — इंग्लिस विन्गर जाडोन सान्चोले शुक्रबार म्यानचेस्टर युनाइटेडसँगको अनुबन्ध पूरा गरेका छन् । उनी बोरुसिया डर्टमुन्डबाट सात करोड ३० लाख युरोपमा म्यानचेस्टर आएका हुन् ।

उनले यो अनुबन्धलाई आफ्नो सपना पूरा भएको उपलब्धिका रूपमा प्रतिक्रिया दिएका छन् । म्यानचेस्टरकै कप्तान ह्यारी म्यागुएरपछि उनी इंग्ल्यान्डका सर्वाधिक महँगा खेलाडी पनि भएका छन् ।

सान्चोले पाँच वर्षको अनुबन्ध गरेका छन् र यसक्रममा २१ वर्षीय विन्गरले भनेका छन्, ‘म इंग्लिस प्रिमियर लिगमा खेल्न निकै आतुर छु र हामी सबै मिलेर बलियो टिम बनाउन सक्छौं ।’


प्रकाशित : श्रावण ८, २०७८ १९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×