टोकियो ओलम्पिक : स्पेन र ब्राजिल फुटबलको फाइनलमा भिड्ने

राजु घिसिङ

टोकियो — रियल म्याड्रिडका फरवार्ड मार्को एसेन्सियोले अतिरिक्त समयमा गोल गरेपछि स्पेन १–० ले आयोजक जापानलाई हराएर टोकियो ओलम्पिक २०२० को फाइनलमा प्रवेश गरेको छ । उसले स्वर्ण पदकको लागि शनिबार हुने प्रतिस्पर्धामा डिफेन्डिङ च्याम्पियन ब्राजिलको सामना गर्नेछ ।

टोकियो ओलम्पिक : स्पेन र ब्राजिल फुटबलको फाइनलमा भिड्ने

साइतामा रंगशालमा भएको दोस्रो सेमिफाइनलमा स्पेन बलियो देखिएको थियो । तर, उसले पाएको अवसरमा गोल भने गर्न सकेन । जापानले पनि पाएका केही अवसरलाई उपयोग गर्न सकेन । र, खेल ३० मिनेटको अतिरिक्त समयमा पुग्यो ।

मिकेल ओयरजाबलको पासमा एसेन्सियोले आकर्षक गोलमा परिणत गर्दै ११५ औं मिनेटमा स्पेनको जित पक्का गरेका थिए । उनले अन्तिम ३६ मिनेटमात्रै खेलेर सेमिफाइनलमा निर्णायक गोल गरे ।

यसअघि इबाराकी कासिमा रंगशालामा भएको पहिलो सेमिफाइनल पनि १ घन्टा २० मिनेट चलेको थियो । त्यसमा डिफेन्डिङ च्याम्पियन ब्राजिल पेनाल्टी सुटआउटमा मेक्सिकोलाई ४–१ ले पन्छाउँदै फाइनल प्रवेश गर्‍यो ।

प्रकाशित : श्रावण १९, २०७८ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?