२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लिलेले जित्यो फ्रान्सेली च्याम्पियन्स ट्रफी

एपी

तेल अभिभ — पोर्चुगाली मिडफिल्डर सेकाको एक मात्र गोलमा फ्रान्सेली लिग च्याम्पियन लिलेले कप विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई आइतबार १–० ले हराएर च्याम्पियन्स ट्रफी जितेको छ ।

लिलेले जित्यो फ्रान्सेली च्याम्पियन्स ट्रफी

प्रशिक्षकका रूपमा लिलेका चेक्लेयन गोरेभन्सको यो पहिलो उपाधि हो । यसअघिका प्रशिक्षक क्रिस्टोफे ग्लाटिएरले टिम छाडेयता गोरेभन्सले क्लब सम्हालिरहेका छन् ।

इजरालयको तेल अभिभमा भएको खेलमा सेकाले पहिलो हाफ सकिनु ठिक अगाडि पेनाल्टी एरियाबाट गोल गरे । गत सिजन ग्लाटिएरको नेतृत्वमा लिलेले लिग जितेर फ्रान्सेली फुटबलमा सनसनी मच्चाएको थियो । त्यसलगत्तै उनले क्लब भने छाडे ।


प्रकाशित : श्रावण १८, २०७८ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?