१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

इटालियन ज्याकोब्सलाई सय मिटरमा स्वर्णपदक

राजु घिसिङ

टोकियो — इटालियन धावक लेमोन्ट मार्सेल ज्याकोब्सले टोकियो ओलम्पिक २०२० मा पुरुष एक सय मिटरको स्वर्णपदक जितेका छन् । नवौं दिन आइतबार ओलम्पिक रंगशालमा सम्पन्न अन्तिम स्पर्धामा उनले ९.८० सेकन्डसाथ स्वर्ण कब्जा गरेका हुन् ।

इटालियन ज्याकोब्सलाई सय मिटरमा स्वर्णपदक

जमैकन स्प्रिन्टर उसैन बोल्टको सन्यासपछि पुरुष १ सय मिटरमा ओलम्पिक स्वर्ण जित्ने पहिलो धावक हुन् ज्याकोब्स । बोल्टले बेइजिङ २००८, लन्डन २०१२ र रियो २०१६ मा ओलम्पिक स्वर्ण जितेका थिए ।

स्वर्ण जित्ने क्रममा ज्याकोब्सले करिअरकै उत्कृष्ट प्रदर्शन पनि गरे । अमेरिकी फ्रेड केरलीले ९.८४ सेकेन्डसहित रजतपदक जिते भने क्यानडाका आन्द्रे डे ग्रेसले ९.८९ सेकेन्डसहित कांस्य हात पारे । अघिल्लो दिन शनिबार महिलातर्फको १ सय मिटर स्पर्धामा तीनै पदक जमैकाका खेलाडीले जितेका थिए । जसमा एलेन थोम्पसन–हेरहले १०.६१ के ओलम्पिक कीर्तिमानसहित स्वर्ण हात पारेकी थिइन् ।


प्रकाशित : श्रावण १७, २०७८ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?