दोस्रो ट्वान्टी–ट्वान्टीमा पाकिस्तान विजयी

एजेन्सी

जर्ज टाउन — पाकिस्तानले दोस्रो ट्वान्टी–ट्वान्टीमा शनिबार वेस्ट इन्डिजलाई सात रनले पराजित गर्दै चार खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितका लागि १ सय ५८ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले २० ओभरमा चार विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

दोस्रो ट्वान्टी–ट्वान्टीमा पाकिस्तान विजयी

पाहुना टिमका लागि मोहम्मद हाफेजले कसीकसाउ बलिङ गर्दै वेस्ट इन्डिजलाई खुलेर खेल्न दिएनन् । म्यान अफ द म्याच रहेका उनले चार ओभरमा ६ रन मात्र खर्चेर एक विकेट लिए ।

निकोलस पुरनले नटआउट रहेर ३३ बलमा ६२ रन बनाए पनि त्यो जितसम्म पुग्न पर्याप्त रहेन । यसअघि पाकिस्तानले २० ओभरमा आठ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

त्यसमा प्रारम्भिक ब्याट्सम्यान मोहम्मद रिजवानले ४६ र कप्तान बाबर आजमले ५१ रन बनाए ।

प्रकाशित : श्रावण १७, २०७८ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?