कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ब्याडमिन्टनमा ताइवानलाई पहिलो स्वर्ण

एएफपी

टोकियो — बच्चादेखिका साथीहरू ली याङ र वाङ ची–लिन शनिबार ब्याडमिन्टनको पुरुष डबल्समा पहिलो हुँदै ताइवानलाई ब्याडमिन्टनमा अहिलेसम्मकै पहिलो पदक दिलाएका छन् । उनीहरूले चीनका ली जुनहुइ र लिउ युचेनलाई ३४ मिनेटभित्रै २१–१८, २१–१२ ले सजिलै पराजित गरे ।

ब्याडमिन्टनमा ताइवानलाई पहिलो स्वर्ण

चीनले अघिल्लो दिन मिक्स्ड डबल्समा स्वर्ण पदक जितेको थियो र डबल्समा पनि सफलता हात पार्दै जापानी राजधानीमा ब्याडमिन्टनतर्फ वर्चस्व जमाउने लक्ष्य राखेको थियो । तर, विश्व नम्बर जोडी ली र वाङ चीनको उद्देश्यमा धेरै नै बलियो साबित भए । स्वर्ण जितेका उनीहरूले विश्व वरीयतामा पहिलो र दोस्रो स्थानका जोडीलाई नै पराजित गर्दै फाइनल तय गरेका थिए । मलेसियाका अरोन चिआ र सो वुइ यिकको जोडीले कांस्य पदक जिते ।

महिला एकलतर्फ सफलता हात पार्दै ताइवान अर्को स्वर्ण जित्ने लक्ष्यमा छ । विश्व नम्बर एक ताइवानी खेलाडी ताई जु–यिङले सेमिफाइनलमा भारतकी पीभी सिन्धुलाई पराजित गरेकी थिइन् । सिन्धुलाई २१–१८, २१–१२ ले पराजित गरेकी ताइले फाइनलमा चीनकी चेन युफेइको सामना गर्नेछिन् । सिन्धुले सन् २०१६ को रियो ओलम्पिकमा रजत जितेकी थिइन् ।


प्रकाशित : श्रावण १६, २०७८ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?