१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

दुई खेलाडी शनिबार स्विट्जरल्यान्ड जाने

कान्तिपुर संवाददाता

काठमाडौँ — आईजेएफ युथ तालिम शिविरमा भाग लिन नेपालका दुई जुडो खेलाडी शनिबार स्विट्जरल्यान्डको लेसिन जाने भएका छन् । तालिममा सहभागी हुने खेलाडीमा आयुशसिंह साउद र सम्झना थापा छन् । प्रशिक्षक राजीव प्रधान पनि जानेछन् ।

दुई खेलाडी शनिबार स्विट्जरल्यान्ड जाने

अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ), ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पको संयुक्त आयोजनामा हुने तालिम अगस्ट १ देखि ७ तारिख हुनेछ । टोलीको हवाई टिकट/खान/बसोबास ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पले व्यवस्था गर्ने तथा स्थानीय खर्च आईजेएफले बेहोर्ने नेपाल जुडो संघले जनाएको छ ।

जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले तालिममा नेपालले लगातार तेस्रोपल्ट सहभागिता जनाउन लागेको बताए । दुवै खेलाडीलाई यू–१८ उमेर समूहअन्तर्गत राजविराजमा भएको लोकेन्द्रबहादुर श्रेष्ठ स्मृति राष्ट्रव्यापी जुडो प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा छनोट गरिएको महासचिव धर्मकुमार श्रेष्ठले बताए । उनले अनुभवी जुडो प्रशिक्षकहरूले तालिमका सहभागीलाई प्रशिक्षण दिने बताए ।

प्रकाशित : श्रावण १५, २०७८ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?