२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

१२ खेलाडीलाई शिखर अर्गनाइजेसनले दियो रोजगारी 

कान्तिपुर संवाददाता

काठमाडौँ — व्यावसायिक समूह शिखर अर्गनाइजेसनले बुदोकैदो मार्सल आर्ट्सका खेलाडीलाई आफना उद्योगमा रोजगारी दिएको छ ।

१२ खेलाडीलाई शिखर अर्गनाइजेसनले दियो रोजगारी 

दशरथ रंगशालामा एक विशेष कार्यक्रमबीच संस्थाका अध्यक्ष केदारनाथ शर्माले सात प्रदेशमा रहेका आफ्ना विभिन्न उद्योगहरूमा कामगर्ने गरी १२ खेलाडीहरूलाई नियुक्तिपत्र प्रदान गरेका थिए ।

अध्यक्ष शर्माका अनुसार रोजगारी पाएका खेलाडीहरूले उद्योगहरूमा अनुशासन अधिकृतका रुपमा काम गर्नेछन् । उनीहरूले सम्बन्धित प्रदेशअन्तर्गतका जिल्लामा बुदोकैदो मार्सल आर्ट्सको तालिम सञ्चालन गरेर नयाँ खेलाडी तयार पार्नेछन् ।

‘खेलाडीहरूलाई जीविकामा सहयोग पुगोस् र प्रोत्साहन होस् भनेर नेपालको खेल क्षेत्रको विकासका लागि पनि सहयोग पुगोस भन्ने उद्धेश्यले हामीले खेलाडीहरूलाई रोजगारी दिएका हौं,’ अध्यक्ष शर्माले भने । शिखर अर्गनाइजेसनले २ वर्षभित्र आफ्ना अन्य उद्योग तथा कम्पनीहरूमा २ हजार खेलाडीलाई रोजगारीको अवसर प्रदान गर्ने अध्यक्ष शर्माले बताए ।

व्यावसायिक घरानाबाट खेलाडीहरूलाई रोजगारीको अवसर सिर्जना हुँदा आफूहरु निकै उत्साहित भएको खेलाडी योगेन्द्र बोहोराले बताए । रोजगारी पाएकी खेलाडी शान्ति लामाले शिखर अर्गनाइजेसनले खेलाडीलाई रोजगारी दिएर सह्रानीय काम गरेको बताउँदै खुसी लागेको बताइन् ।

बुदोकैदो मार्सल आर्ट्सका अध्यक्ष काजीमान श्रेष्ठले खेलाडीहरूका लागि यसरी राम्रो सुविधासहित रोजगारीको अवसर सिर्जना हुँदा यसले नेपालमा विकास गरिएको बुदोकैदो मार्सलआर्ट्सलाई विश्वभरि चिनाउन सहयोग पुग्ने बताए । शिखर अर्गनाइजेसनले विभिन्न खाद्य सामग्री उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ ।

प्रकाशित : श्रावण १५, २०७८ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?