कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

एन्फामा मतभेद चर्कंदै, आज आपत्कालीन बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — बढ्दो मतभेदबीच अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको शुक्रबार आपत्कालीन बैठक सातदोबाटोस्थित मुख्यालयमा बस्दैछ । बैठकमा मनोनीत पदाधिकारीलाई प्रवेश नदिइने भएको छ ।

एन्फामा मतभेद चर्कंदै, आज आपत्कालीन बैठक

दिउँदो ४ बजे बस्ने बैठक नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा प्रकरणमा केन्द्रित हुनेछ ।

सामाजिक सञ्जालबाट राजीनामा दिने घोषणा गरेका अल्मुताइरीले आफ्नो काममा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले अवरोध पुर्‍याउँदै आएको आरोप लगाएका थिए । नेम्वाङले पनि पूरा घटनाक्रममा निष्पक्ष छानबिन हुनु पर्ने माग गर्दै आएका छन् । एन्फाको निर्वाचन केही महिना मात्र बाँकी रहेको बेला उनी वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाका प्रमुख प्रतिद्वन्द्वी रहेका छन् ।

एन्फा स्रोतका अनुसार साफ च्याम्पियनसिपनजिक रहेको स्थितिमा वरिष्ठ उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अल्मुताइरीबीच आपसी सहमति गराउने प्रयास पनि भइरहेको छ । तर नेम्वाङ छानबिन गर्नु पर्ने र प्रशिक्षक अल्मुताइरी राजीनामा दिने पक्षमै कायम छन् । छलफलमा साफ च्याम्पियनसिपबारे पनि छलफल हुनेछ ।

यस्तोमा बैठकमा १७ निर्वाचित पदाधिकारीसँगै महासचिव इन्द्रमान तुलाधर र कोषाध्यक्ष रवीन्द्र जोशी मात्र सहभागी हुनेछन् । बैठकमा मनोनीत पदाधिकारीलाई नबोलाउन निर्णयको विरोधमा मनोनीत उपाध्यक्ष शिक्षित पराजुलीले अबदेखि कुनै पनि कार्यसमितिको बैठकमा आफू सहभागी नहुने भन्दै निवेदन दिएका छन् ।

प्रकाशित : श्रावण १५, २०७८ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?