३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

श्रीलंकाले जित्यो भारतविरुद्धको ट्वान्टी–ट्वान्टी सिरिज

एजेन्सी

कोलम्बो — श्रीलंकाले तेस्रो तथा अन्तिम ट्वान्टी–ट्वान्टीमा बिहीबार राति भारतलाई सात विकेटले पराजित गर्दै तीन खेलको सिरिज २–१ ले जितेको छ । श्रीलंकाका लागि वानिन्डु हसरंगाले चार ओभरमा ९ रन मात्र दिएर चार विकेट लिए ।

श्रीलंकाले जित्यो भारतविरुद्धको ट्वान्टी–ट्वान्टी सिरिज

त्यस प्रदर्शनअगाडि भारत २० ओभरमा आठ विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो । हसरंगा तेस्रो खेलका म्यान अफ द म्याच र म्यान अफ द सिरिज दुवै भए । भारतको ब्याटिङ मात्र होइन, बलिङ र फिल्डिङ दुवै राम्रो रहेन ।

श्रीलंकाले १४.३ ओभरमा तीन विकेट गुमाएर जितका लागि आवश्यक ८२ रन बनायो ।

क्रुनाल पान्ड्या कोभिड १९ संक्रमित भएपछि भारतीय टिमका अधिकांश प्रमुख खेलाडी आइसोलेसनमा छन् । उनीहरू यो खेल खेल्नबाट वञ्चित रहे । भारतले यसअघि वान डे सिरिज जितेको थियो ।

प्रकाशित : श्रावण १५, २०७८ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?