कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

दोस्रो ट्वान्टी–ट्वान्टीमा श्रीलंका विजयी

एजेन्सी

कोलम्बो — श्रीलंकाले दोस्रो ट्वान्टी–ट्वान्टीमा बुधबार भारतलाई चार विकेटले हराउँदै शृंखला १–१ को बराबरीमा ल्याएको छ । जितका लागि आवश्यक १ सय ३३ रन श्रीलंकाले १९.४ ओभरमा ६ विकेट गुमाएर बनाएको थियो ।

दोस्रो ट्वान्टी–ट्वान्टीमा श्रीलंका विजयी

त्यसमा धनञ्जय डी सिल्भा ४० रन बनाएर नटआउट रहे । यस्तै मिनोद भानुकाले ३६ रन बनाए । भारतका लागि कुलदीप यादवले दुई विकेट लिए ।

यसअघि कोभिड १९ संक्रमणले नराम्रोसँग प्रभावित भारतले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ३२ रन मात्र बनाएको थियो । भारतका नौ खेलाडी आइसोलेसनमा रहेका छन् ।

प्रकाशित : श्रावण १४, २०७८ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?