कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

टोकियो ओलम्पिक : गौरिका सिंह केही बेरमा प्रतिस्पर्धा गर्दै

राजु घिसिङ

टोकियो — नेपाली पौडीकी सनसनी मच्चाइरहेकी गौरिका सिंहले टोकियो ओलम्पिक २०२० मा महिला १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । उनको प्रतिस्पर्धा टोकियो अक्वाटिक्स सेन्टरमा नेपाली समयअनुसार १५: ४५ बजे (जापानमा १९: ००) सुरु हुँदैछ ।

टोकियो ओलम्पिक : गौरिका सिंह केही बेरमा प्रतिस्पर्धा गर्दै

हिट्स १ मा उत्रिन लागेकी गौरिकाले ५० मिटरको स्वीमिङ पुल (लङ कोर्स) मा आफैले दुई वर्षअघि बनाएको राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेकी छन् । उनले १८ औं फिना वर्ल्ड च्याम्पियनसिप २०१९ (दक्षिण कोरिया) मा १: ००.६२ को समय निकाल्दै रेकर्ड बनाएकी थिइन् । हिट्स १ मा उनीसगै नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । उनीहहरु अहिले पुलमा अभ्यास गरिरहेका छन् ।

१८ वर्षीया गौरिकाको गृष्मकालीन ओलम्पिकमा दोस्रो सहभातिा हो यो । यसअघि उनले रियो ओलम्पिक २०१६ मा प्रतिस्पर्धा गरेकी थिइन् । ब्राजिली भूमिमा ५ वर्षअघि ११ हजार बढी खेलाडीमध्ये सबभन्दा कम उमेरकी भएर उनले विश्वमै चर्चा पाएकी थिइन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) २०१९ मा चार स्वर्ण, २ रजत र ३ कांस्यसहित नौ पदक जितेकी उनी घरेलु प्रतियोगितामा सात वर्षयता कीर्तिमानकी पर्याय नै बनेकी छन् ।

पौडीकै पुरुष १ सय मिटर फ्रिस्टाइलमा अलेक्जेन्डर गाडेगार्ड शाहले अघिल्लो दिन आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका थिए ।

प्रकाशित : श्रावण १३, २०७८ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?