टोकियो ओलम्पिक : मीराबाई चानूले दिलाइन् भारतलाई पहिलो पदक

अहिलेसम्म २ स्वर्णसहित चीन शीर्ष स्थानमा

काठमाडौँ — मीराबाई चानूले भारतलाई टोकियो ओलम्पिक–२०२० मा पहिलो पदक दिलाएकी छिन् । भारोत्तोलनको ४९ किलोग्रामतर्फको स्पर्धामा चानूले भारतलाई रजत पदक जिताएकी हुन् । 

टोकियो ओलम्पिक : मीराबाई चानूले दिलाइन् भारतलाई पहिलो पदक

भारतले ओलम्पिकमा भारोत्तोलनमा पहिलो पटक रजत पदक जितेको हो । यस स्पर्धामा चीनकी होउ जुहईले स्वर्ण र इन्डोनेसियाकी विन्डी असाहले कांस्य पदक जितिन् ।

तस्बिर : रोयटर्स

चानूले २०२ किलोग्राम तौल उठाएर भारतलाई रजत पदक दिलाएकी हुन् । स्वर्ण पदक विजो जुहईले २१० किलोग्राम तौल उचालेकी थिइन् । भारतलाई टोकियो ओलम्पिक–२०२० मा पहिलो पदक दिलाउन सफल चानूलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

त्यस्तै इरानका सुटर जवाद फोरोघीले १० मिटर एअर पिस्तोलमा स्वर्ण पदक जिताएका छन् । ४१ वर्षीय फोरोघी इरानका लागि ओलम्पिकमा पदक दिलाउने सबैभन्दा बढी उमेरमा खेलाडी हुन् । यसअघि सन् १९५६ मा मेलबर्नमा भएको खेलमा ३८ वर्षीय महमुद नाम्जौले कांस्य पदक दिलाएका थिए ।

जारी ओलम्पिकमा अहिलेसम्म २ स्वर्ण र १ कांस्यसहित चीन पहिलो स्थानमा छ ।

प्रकाशित : श्रावण ९, २०७८ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?