१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

सान्चो म्यानचेस्टर युनाइटेडमा

एजेन्सी

लन्डन — इंग्लिस विन्गर जाडोन सान्चोले शुक्रबार म्यानचेस्टर युनाइटेडसँगको अनुबन्ध पूरा गरेका छन् । उनी बोरुसिया डर्टमुन्डबाट सात करोड ३० लाख युरोपमा म्यानचेस्टर आएका हुन् ।

सान्चो म्यानचेस्टर युनाइटेडमा

उनले यो अनुबन्धलाई आफ्नो सपना पूरा भएको उपलब्धिका रूपमा प्रतिक्रिया दिएका छन् । म्यानचेस्टरकै कप्तान ह्यारी म्यागुएरपछि उनी इंग्ल्यान्डका सर्वाधिक महँगा खेलाडी पनि भएका छन् ।

सान्चोले पाँच वर्षको अनुबन्ध गरेका छन् र यसक्रममा २१ वर्षीय विन्गरले भनेका छन्, ‘म इंग्लिस प्रिमियर लिगमा खेल्न निकै आतुर छु र हामी सबै मिलेर बलियो टिम बनाउन सक्छौं ।’


प्रकाशित : श्रावण ८, २०७८ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?