२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

वेस्ट इन्डिजमाथि अस्ट्रेलिया ठूलो अन्तरले विजयी

एजेन्सी

ब्रिजटाउन — अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय शृंखलामा बुधबार विजयी सुरुवात गरेको छ । पाहुना टिमले डकवर्थ लेविस नियमअन्तर्गत १ सय ३३ रनको ठूलो अन्तरको जित निकालेको हो ।

वेस्ट इन्डिजमाथि अस्ट्रेलिया ठूलो अन्तरले विजयी

यससँगै उसले वान डे सिरिजमा १–० को अग्रता पनि लिएको छ । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले कप्तान एलेक्स क्यारीको ६७ रनको मद्दतले ४९ ओभरमा नौ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो ।

वर्षाले प्रभावित खेलमा घरेलु टिमले २६.२ ओभरमा सबै विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि माइकल स्टार्कले घातक बलिङ गरे र ४८ रन दिएर पाँच विकेट लिए ।

प्रकाशित : श्रावण ६, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?