खेलकुदका पूर्वाधार प्रयोगविहीन- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेलकुदका पूर्वाधार प्रयोगविहीन

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोनाले खेलकुद गतिविधिलाई ठप्प पारेसँगै खेलकुद संरचनामा पनि प्रयोगमा आउन सकेका छैनन् । दुई वर्षदेखि सीमित मात्र खेलकुद गतिविधि हुँदा केही संरचनामा मात्र प्रयोगमा आएका छन् भने केही संरचना कोरोना महामारी फैलिएसँगै थलिएका पनि छन् ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफू मातहतमा रहेका संरचना धेरै स्थानमा व्यवस्थित भएको दाबी गरेको छ ।

७७ वटै जिल्लामा राखेपका संरचना रहेका छन् । केही संरचनाको आफ्नै नाममा लालपुर्जा रहेको छ भने केही भोगचलनको आधारमा सञ्चालन भइरहेका छन् । तर पछिल्लो समय कोरोनाका कारण केही संरचना प्रयोगमा आएका छैनन् । खेलकुद गतिविधिलाई चलायमान बनाउने संस्था राखेपले देशैभर रहेका आफू मातहतका पूर्वाधार व्यवस्थित भएको बताएको छ । सबै ठाउँका पूर्वाधार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको र केही ठाउँमा व्यवस्थित गर्न बाँकी रहेको खेलकुद विभाग प्रमुख कुलबहादुर थापाले बताए ।

देश अहिले संघीय संरचनामा चलिरहेको छ तर राखेपले भने अझै आफ्ना गतविधि संघीय ढाँचामा सञ्चालन गर्न सकेको छैन । जारी भएको नयाँ खेलकुद ऐनमा नियामावली बन्न बाँकी छ । राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक गठन भएपछि एक पटक पनि बस्न सकेको छैन । जसले गर्दा पूर्वाधार निमार्णका कामदेखि संघीय ढाँचामा ढाल्न राखेपलाई ढिलाइ भइरहेको छ । विनियोजन भएको बजेट अपर्याप्त हुँदा फ्रिज भइरहेको छ । रंगशाला र बृहत रंगशाला एकैपटक निर्माण गर्न पर्याप्त बजेट नहँदा समयमा पूरा गर्न नसकेको खेलकुद विभाग प्रमुख कुलबहादुर थापाले बताए ।

खेलकुद विभाग प्रमुख थापाले खेलकुद परिषद् पनि छिट्टै नयाँ संरचनामा जाने बताएका छन् । हरेक वर्ष बजेट भाषणमा देशका विभिन्न रंगशाला निमार्णका लागि बजेट विनियोजन गरिने भने पनि खण्ड खण्डमा आउने बजेटले राष्ट्रिय गौरवको योजना पनि समयमा सम्पन्न हुन ढिलाइ भएको थापाले बताए । मूलपानी क्रिकेट मैदानमा बाटो र सानो बस्तीका कारण सम्पन्न हुन ढिलाइ भएको बताउँदै थापाले पोखरामा नवौं राष्ट्रिय खेलकुद गर्नका लागि केही मात्र पूर्वाधार आवश्यक भएको बताए । अहिले पोखरा रंगशाला बनाउने काम तीव्र गतिमा अगाडि बढेको भन्दै थापाले सुटिङ हल, पौडी पोखरी र फ्लड लाइट राख्ने काम यसै वर्ष हुने बताए ।

नेपाली खेलकुद प्रविधिसँग अभ्यस्त हुन सकेको छैन । पुरानै विकास क्षेत्रीय र अञ्चलस्तरीय ढाँचामा चलेको छ ।

प्रकाशित : श्रावण ५, २०७८ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्

जसपा संसदीय दलको विधान पारित, अनुमोदनका लागि कार्यकारिणी समितिमा पठाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको छ । सिंहदरबारमा मंगलबार दिउँसो बसेको बैठकले संघीय संसदीय दलको विधान २०७८ को विधान पारित निर्णय गरेको हो ।

'बैठकमा मस्यौदा प्रस्तुत भई व्यापक छलफल भयो । छलफलको क्रममा माननीय सदस्यहरुबाट आएका सुझावहरु समेतलाई समावेश गरी संघीय संसदीय दलको विधान २०७८ पारित गर्ने निर्णय गरियो,' बैठकको निर्णयमा भनिएको छ ।

बैठकमा विधानका सम्बन्धमा प्राप्त सुझावहरुलाई समावेश गर्न सांसदहरु रामसहायप्रसाद यादव र मोहम्द इस्तियाक राईजलाई जिम्मेवारी दिने निर्णयसमेत भएको छ । उक्त विधानलाई अनुमोदनका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा पठाउने निर्णय भएको अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ ।

संसदीय दलका जेष्ठ सदस्य महिन्द्रराय यादवको अध्यक्षतामा बसेको बैठकमा २२ जना सांसद उपस्थित थिए । दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाइने छ ।

३२ सांसद रहेको जसपा दुई समूहमा विभाजित छ । उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षमा २२ र महन्थ ठाकुर-राजेन्द्र महतोको पक्षमा १० सांसद मात्र देखिएका छन् ।

प्रकाशित : श्रावण ५, २०७८ १६:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×