२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

युरोमा ३२ टिम पुर्‍याउने युईएफएको योजना

एपी

लन्डन — युरो २०२० को सफलताबाट उत्साहित युरोपेली फुटबल महासंघ (यूईएफए) ले भविष्यमा प्रतियोगिता ३२ टिमको बनाउने सोच अगाडि सारेको छ ।

युरोमा ३२ टिम पुर्‍याउने युईएफएको योजना

सन् २०२३ को युरो आयोजना गर्ने देशबारे दाबेदारी पेस गर्ने प्रक्रिया पूरा भएपछि सन् २०२८ को प्रतियोगिता अगाडि सहयागी संख्या बढाउनेबारे छलफल हुनेछ ।

सन् २०१६ को प्रतियोगिताबाट मात्र सहभागी संख्या १६ बाट बढाएर २४ पुर्‍याइएको हो । तर यूईएफएका आबद्ध ५५ देशमध्ये ३२ सदस्यबीचको प्रतियोगिता सन् २०२८ को संस्करणबाट गर्न चाहन्छ । महासंघको भित्री स्रोतका अनुसार अन्तिम चरण खेल्न देशको संख्या बढाउने भने हो छनोट प्रक्रिया पनि रोमाञ्चक हुनेछ ।

तर केही आलोचकले भने अहिलेको प्रतियोगितामै २४ टिम हुँदा बलिया टिम नकआउट चरण पुग्ने सम्भावना औपचारिकमात्र रहेको दाबी गरेका छन् । यसले समूह चरणका खेल निरस हुने गरेको दाबी छ । युरो २०२० को छनोटमा इंग्ल्यान्डले दुई चरणको छनोट खेलमा मोन्टेनेग्रोलाई १२ गोल गरेको थियो ।

त्यसबीच इंग्ल्यान्डले एकै गोलमात्र खाएको थियो । इटालीले पनि लिचेस्टाइनमाथि ६–० र ५–० को जित निकालेको थियो । एसिया र उत्तर अमेरिकी छनोटमा जस्तै कमजोर टिमका लागि युरोपमा समेत अलग्गै प्रारम्भिक छनोट चरण राख्ने सोच पनि अगाडि सारिएको छ । यूईएफएले ३२ टिमको प्रतियोगिताबारे छलफल गर्नुको पछाडि प्रतियोगिताको नकआउट चरण पुग्ने जटिल प्रक्रियालाई हटाउन पनि हो ।

प्रकाशित : असार ३०, २०७८ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?