१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बार्टीले जितिन् विम्बल्डन

एजेन्सी

लन्डन — विश्व नम्बर १ अस्ट्रेलियाली खेलाडी एस्ली बार्टीले शनिबार विम्बल्डनको महिला एकलको उपाधि जितेकी छन् । यसका लागि उनले चेक गणतन्त्रकी क्यारोलिन प्लिस्कोभालाई ६–३, ६–७ (४/७) र ६–३ ले पराजित गरिन् ।

बार्टीले जितिन् विम्बल्डन

अल इंग्ल्यान्ड क्लबमा भएको उपाधि भिडन्तमा २५ वर्षीया बार्टीले पहिलो सेट सजिलै जितेकी थिइन् । तर दोस्रो सेटमा भने कडा प्रतिस्पर्धा भएको थियो र त्यसमा २९ वर्षीया प्लिस्कोभाले कडा चुनौती पेस गरिन् । यस्तोमा सेट टाइब्रेकरमा गएको थियो ।

तेस्रो सेटमा बार्टी फेरि लयमा फर्किन र यसलाई आफ्नो पक्षमा पारिन् । बार्टीले जितेको यो दोस्रो ग्रान्ड स्लाम उपाधि हो । यसअघि उनले सन् २०१९ मा फ्रेन्च ओपन जितेकी थिइन् ।

प्लिसकोभा भने कुनै पनि ग्रान्ड स्लामको फाइनल पुगेको यो दोस्रो पल्ट हो । यसअघि उनी सन् २०१६ को यूएस ओपन फाइनलमा पनि पराजित भएकी थिइन् ।

प्रकाशित : असार २६, २०७८ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?