कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेडेरर र जोकोभिच विम्बल्डनको क्वार्टरफाइनलमा

एजेन्सी

लन्डन — आठ पल्टका च्याम्पियन रोजर फेडेरर तथा विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिच सोमबार विम्बल्डनको क्वार्टरफाइनल पुगेका छन् । जोकोभिचले अन्तिम १६ को खेलमा चिलीका क्रिस्टियन गरिनलाई ६–२, ६–४ र ६–२ ले हराए ।

फेडेरर र जोकोभिच विम्बल्डनको क्वार्टरफाइनलमा

सर्बियाली खेलाडी जोकोभिच कीर्तिमान बराबरी गर्ने २० औं ग्रान्ड स्लाम उपाधि जित्ने अभियानमा छन् । यस्तै उनले अब ५०औं ग्रान्डस्लाम क्वार्टरफाइनल खेल्नेछन् ।

फेडेरर र राफेल नाडालले समान २० ग्रान्ड स्लाम जितेका छन् । स्विट्जरल्यान्डका ३४ वर्षीय फेडेररले भने इटालीका लारेन्जो सोनेगोलाई ७–५, ६–४ र ६–२ ले हराए ।

प्रकाशित : असार २२, २०७८ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?