कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कोपा अमेरिका : उरुग्वे र पाराग्वे दुवै २–० ले विजयी

एजेन्सी

रियो डे जेनेरियो — कोपा अमेरिकाको शुक्रबार समूह ‘ए’ को खेलमा उरुग्वे र पाराग्वेले समान २–० को जित निकालेका छन् । दिनको पहिलो खेलमा उरुग्वेले बोलिभियालाई सजिलै हराएको हो । त्यसमा कार्लोस लाम्पेले आत्मघाती गोल गरेपछि एडिसन कभानीले दोस्रो गोल थपे ।

कोपा अमेरिका : उरुग्वे र पाराग्वे दुवै २–० ले विजयी

अर्को खेलमा पाराग्वेले चिलीमाथि प्राप्त जितमा समुले सुरुआती गोल गरेपछि म्यागुएल अलमिरोनले पेनाल्टीबाट दोस्रो गोल थपे । यो जितपछि पाराग्वे तीन खेलबाट छ अंकसहित दोस्रो स्थानमा उक्लेको छ ।

अर्जेन्टिना तीन खेलबाट सात अंकसहित शीर्ष स्थानमा छ । पराजित चिली भने चार खेलबाट पाँच अंकसाथ तेस्रोमा छ । यस्तै उरुग्वे तीन खेलपछि चार अंकसहित चौथो स्थानमा छ । पुछारको बोलिभिया अंकविहीन छ र प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

अब समूहको अन्तिम दुई खेलमा अर्जेन्टिनाले बोलिभिया र उरुग्वेले पाराग्वेको सामना गर्नेछन् । पाँच टिम सम्मिलित समूहबाट चार टिमले अन्तिम आठमा प्रवेश पाउनेछन् ।

प्रकाशित : असार ११, २०७८ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?