१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

चोटका कारण डी जोङ युरो-२०२० बाट बाहिरिए

एजेन्सी

एम्स्टर्डम — नेदरल्यान्ड्सका स्ट्राइकर लुक डी जोङका लागि युरो २०२० को यात्रा सकिएको छ । डच फुटबल संघका अनुसार मंगलबार टिम अभ्यासका क्रममा उनको घुँडामा चोट लागेको छ ।

चोटका कारण डी जोङ युरो-२०२० बाट बाहिरिए

उनले टिमको ट्रेनिङ क्याम्प पनि छाडेका छन् । सेभियाका फरवार्डले नेदरल्यान्ड्सका लागि ३८ पल्ट खेलेका छन् ।

समूह ‘सी’ को अहिलेसम्म नेदरल्यान्ड्स खेलेका कुनै पनि खेलमा सुरुदेखि खेल्न पाएका थिएनन् । त्यसमध्ये अन्तिम दुई खेलमा भने उनी सब्स्टिच्युटका रूपमा मैदान छिरेका थिए । नेदरल्यान्ड्स लिग चरणका सबै खेलमा भने विजयी छ । समूहको शीर्षस्थानमा रहेर अन्तिम १६ मा पुगेको छ ।

प्रकाशित : असार १०, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?