कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

स्पेनलाई समूह चरणबाटै बाहिरिने डर

एपी

सेभिया — स्पेनलाई युरो २०२० बाट बाहिरिने गहिरो डरबाट सताइरहेका बेला टिमले आफ्ना सबैभन्दा अनुभवी खेलाडीलाई बोलाएको छ । उनी हुन् सर्जियो बुस्क्वेट । 

स्पेनलाई समूह चरणबाटै बाहिरिने डर

बुधबार स्लोभाकियाविरुद्धको खेलमा उनले खेल्ने निश्चितजस्तै छ । ‘ला रोजा’ लाई पक्कै चिन्ता छ, फेरि एकपल्ट समूह चरणबाट लज्जास्पद ढंगले बाहिरिने । त्यो पनि आफ्नै घरेलु समर्थक अगाडि । स्पेनलाई समूह ‘ई’ बाट अर्को चरण पुग्न निश्चित जित आवश्यक छ ।

सम्भवतः बराबरी पनि पर्याप्त हुनसक्छ । तर यसका लागि अनुमान गर्नुपर्ने हुन्छ, यही समूहको अर्को खेलमा पोल्यान्डले स्विडेनलाई पराजित नगरोस् । बुस्क्वेट ३२ वर्षका भए । उनी सन् २०१० को विश्वकप जित्दाका टिमका एकमात्र त्यस्ता सदस्य हुन्, जो अहिले पनि टिममा छन् । उनले लिग चरणका दुवै खेल खेलेनन्, किनभने उनलाई कोभिड–१९ संक्रमणले छोएको थियो ।

स्पेनी डिफेन्डर सिसर एज्पिलिक्वेट भन्छन्, ‘हामीले उनको अनुपस्थिति निकै खल्लो अनुभव गरेका छौं । अहिले हामी खुसी छौं, किनभने उनी फेरि टिममा फर्केका छन् ।’ रोड्री हर्नान्डेजले बुस्क्वेटको स्थानमा खेलेका थिए । दुई खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो भने पोल्यान्डविरुद्ध १–१ को बराबरी नतिजा निकाल्यो । त्यसमा म्यानचेस्टर सिटीका हर्नान्डेजले खराब त खेलेनन्, त्यो उत्कृष्ट प्रदर्शन पनि थिएन ।

स्लोभाकियालाई नकआउट चरण पुग्न बराबरी पर्याप्ते छ । सन् २०१६ मा पहिलोपल्ट युरो खेलेयता स्लोभाकिया लगातार दोस्रोपल्ट यो प्रतियोगिता खेलिरहेको छ । त्यो संस्करणमा स्पेनमात्र होइन, स्लोभाकिया पनि समूह चरणबाटै बाहिरिएको थियो । सन् २००४ मा पनि स्पेन नकआउट चरण पुग्न सकेको थिएन । अहिले तत्काल स्लोभाकिया ३ अंकसहित दोस्रो स्थानमा छ । यो स्पेनमाथि १ अंकको अग्रता हो ।

स्विडेनविरुद्ध पोल्यान्ड

सेन्ट पिटर्सबर्ग– रोबर्ट लेवान्डोस्कीसामु फेरि एकपल्ट कुनै ठूलो प्रतियोगिताको समूह चरणबाटै बाहिरिने सम्भावना तेर्सिएको छ । यस्तो सम्भावना टार्ने हो भने पोल्यान्डले गोल गर्नुपर्नेछ । यसका लागि पोल्यान्डले युरो २०२० मा सबैभन्दा बलियो डिफेन्स रहेको स्विडेनलाई पन्छाउन सक्नुपर्नेछ । पोल्यान्डसामु एकैमात्र विकल्प छ, त्यो हो स्विडेनलाई सिधा सिधा हराउने ।

जहाँ लेवान्डोस्की छन्, त्यहाँ पोल्यान्डका लागि आशा पक्कै हुनेछ । फिफाको पछिल्ला वर्ष खेलाडी लेवान्डोस्कीले समूह ई’ को स्लोभाकियाविरुद्धको खेलमा राम्रो प्रदर्शन गर्न सकेनन् । त्यो खेल २–१ ले गुमायो । उनको ठीकठाक प्रदर्शन र गोलपछि भने पोल्यान्डले स्पेनसँग भने १–१ को बराबरी खेल्यो । स्विडेनविरुद्ध लेवान्डोस्कीलाई पक्कै सजिलो हुने छैन, किनभने विपक्षी टिमको जोड गोलभन्दा पनि रक्षापंक्तिमा छ ।

फेरि स्विडेन ४ अंकसहित समूहको शीर्षस्थानमा छ । उसले स्पेनसँग गोलरहित खेल्यो भने स्लोभाकियालाई १–० ले हराएको हो । अन्य खेलको नतिजाका कारण स्विडेन नकआउट चरण पुग्ने निश्चित भइसकेको छ । जितले स्विडेनलाई पक्कै पहिलो स्थान दिलाउने छ । फेरि बराबरीले पनि टोलीलाई पहिलो स्थान दिलाउन सक्छ । इटाली र इंग्ल्यान्डपछि स्विडेन नै त्यस्तो तेस्रो टिम हो, जसले अहिलेसम्म गोल खाएको छैन ।

विश्वकप होस् वा युरो । लेवान्डोस्कीको पोल्यान्डले अहिलेसम्मै एकैपल्ट नकआउट चरण यात्रा गरेको छ, कुल तीन प्रयासमा । सन् २०१६ को युरोमा पोल्यान्डले पहिलोपल्ट समूह चरण काटेको थियो, यो पनि पहिलो पल्ट २४ टिम समावेश गरिएको युरोमा । उनले पोल्यान्डका लागि १ सय २१ खेलमा ६७ गोल गरेका छन् । यो आफैंमा गज्जब प्रदर्शन हो । तर, उनले विश्वकप र युरोका १३ खेलमा मात्र ३ गोल गरेका छन् ।

प्रकाशित : असार ९, २०७८ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?