कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

प्लेयर्स टु वाच : प्याट्रिक सिक र रहिम स्टर्लिङ

काठमाडौँ — युरो २०२० अन्तर्गत मंगलबार राति दुई खेल हुँदै छन् । राति १२ : ४५ बजे लन्डनमा चेक गणतन्त्र र  इंग्ल्यान्ड भिड्दै छन्  । सोही समयमा ग्लास्गोमा क्रोएसियाविरुद्ध स्कटल्यान्डले प्रतिस्पर्धा गर्नेछ ।

प्लेयर्स टु वाच : प्याट्रिक सिक र रहिम स्टर्लिङ

आजको 'प्लेयर्स टु वाच' मा हामीले चेक गणतन्त्रका प्याट्रिक सिक र र इंग्ल्यान्डका रहिम स्टर्लिङलाई छानेका छौं ।

प्याट्रिक सिक (चेक गणतन्त्र)

बायर लेभुरकुजनको यी चेक खेलाडी प्याट्रिक सिक ठीक समयमा लयमा आएका छन् । यो सम्भवतः उनको खेलजीवनको सबैभन्दा महत्त्वपूर्ण मोड रहेको छ । उनी टिमका लागि कति धेरै महत्त्वपूर्ण छन् भने टिमले गरेका तीनै गोल उनकै नाममा छ । हुनसक्छ चेक टिमले प्रतियोगितामा लामो यात्रा तय गर्छ भने उनीसामु प्रतियोगितामा सर्वाधिक गोलकर्ता हुने अवसर हुनेछ । अहिले तत्कालका लागि उनको उद्देश्य त इंग्ल्यान्डविरुद्ध गोल निकाल्नु नै हुनेछ । उनी आफ्नो टिमको स्थितिलाई लिएर ढुक्क छन्, मान्छन्, टिमको खातामा रहेको ४ अंक बहुमूल्य छ । तर उनी इंग्ल्यान्डलाई उत्तिकै बलियो प्रतिद्वन्द्वी मान्छन् । त्यसैले भन्छन्, चेकले यो खेललाई लिएर राम्रो तयारी गर्नेछ ।

रहिम स्टर्लिङ (इंग्ल्यान्ड)

इंग्ल्यान्डले युरो २०२० मा किन ढुक्कसँग गोल निकाल्न सकिरहेको छैन, यो प्रश्न खुबै उठिरहेको छ । यो प्रश्नको एउटा उत्तर हो, टिमका कप्तान तथा मुख्य खेलाडी ह्यारी केन चम्किन नसक्नु पनि हो । यस्तोमा इंग्ल्यान्डले धेरै आस गरेको खेलाडी हुन सक्छन्, म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ । क्रोएसियाविरुद्ध इंग्ल्यान्डले निकालेको जितमा एकमात्र गोल यिनै खेलाडीले गरेका थिए । यस्तोमा तय छ, इंग्ल्यान्डको आक्रमणको आधार यिनै खेलाडी हुन सक्छन् वा भनौं टिमले सबैभन्दा आस यिनै खेलाडीमा गरेको छ । भन्ने गरिन्छ, स्टर्लिङ अब त्यस्ता खेलाडी रहेनन्, जस्तो उनी कुनै समय थिए । उनको लयमा केही खोट लगाउने ठाउँ छ । तर उनी जत्तिको खेलाडीका लागि यही त अवसर हो, आफूलाई प्रमाणित गर्ने ।

प्रकाशित : असार ८, २०७८ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?