२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बेन्जेमा फर्केपछि उठेका प्रश्न

द गार्डियन

पेरिस — खेलाडी सूचीमा को कसको नाम छ, त्यसले मात्र राम्रो टिम बनाउने गर्दैन । त्यसैले त सायद ठूला नाम भएका खेलाडीको टिम फ्रान्स हंगेरीविरुद्ध एक प्रकारले संघर्षरत देखियो । त्यसैले भन्न कर लाग्छ, नाम चलेका खेलाडीले एकै स्थानमा जम्मा भएर खेल्दा मात्र पुग्दैन ।

बेन्जेमा फर्केपछि उठेका प्रश्न

आखिरमा मैदानमा कसले कसरी खेल्यो, त्यसले त वास्तवमा अर्थ राख्ने हो । करिम बेन्जेमा फ्रान्सेली टिममा फर्केपछि चुलिएको चर्चा अहिलेसम्म सेलाएको छैन ।

‘सेक्स टेप’ काण्डका कारण बेन्जेमा साढे ५ वर्ष फ्रान्सेली टिमबाट बाहिर रहे । उनी खेलाडीका रूपमा कडा व्यक्तित्वका धनी छन् । त्यसैले उनको उपस्थितिले फ्रान्सेली टिमको ‘ड्रेसिङ रूम’ मा केही न केही त फरक पार्छ नै । उनी आएपछि फ्रान्सेली टिम प्राविधिक रूपमा कति बलियो भयो वा भएन, त्यो प्रश्नको उत्तर बेग्लै भयो । प्रशिक्षक डिडियर डेसच्याम्प आफै पनि ठूला नाम भएका खेलाडीसँग विवादमा उत्रने खाले छन् । इतिहासले यस्तै भन्छ ।

फेरि फुटबल यस्तो खेल हो, जसमा प्रशिक्षकले जे सोच्छ, त्यही हुन्छ । फ्रान्सका लागि पछिल्ला केही खेलका नतिजा राम्रो रहेको छैन । यसै सिजन फ्रान्सले पोर्चुगल र फिनल्यान्डविरुद्ध खासै केही गर्न सकेन । अझ युरोपेली विश्वकप छनोटमा फ्रmान्सले युत्रेन र काजकिस्तानविरुद्ध ठ्याक्कै जित निकाल्न सकेन । सायद यही कारणले पनि डेसच्याम्पले बेन्जेमालाई टिममा फर्काएका हुनसक्छन्, उनलाई फर्काएर टिमका अन्य ठूला नामका खेलाडीलाई मनोवैज्ञानिक रूपमा तर्साउन ।

केही हदसम्म बेन्जेमाको टिममा फर्किनु पछाडिको कारण उनको खेल पनि हो । क्रिस्टियानो रोनाल्डोले छाडेपछि रियल म्याड्रिडको मुख्य खेलाडी यिनै बेन्जेमा रहेका छन् । ९ नम्बर जर्सीका खेलाडीले पारम्परिक रूपमा जसरी खेल्छन् र जस्तो योगदान दिने गर्छन्, त्यसको खासै सही भूमिका बेन्जेमाले रियलमा गरिरहेका छन् । त्यसैले उनले फेरि फ्रान्सका लागि खेल्न पाउनुलाई गलत मान्न सकिन्न, यो एक प्रकारले स्वाभाविक पनि देखिन्छ ।

बेन्जेमा टिममा फर्केपछि ठीक यहींनिर केही हदसम्म ओलिभर जिरुड छायाँमा परेका पनि छन् । जिरुड फ्रान्सेली टिमका खास–खास खेलाडीमध्ये लोकप्रिय छन् भने खास–खास खेलाडीमध्ये अलोकप्रिय पनि छन् । सन् २००८ मा लियोनलाई लिग र कपको उपलब्धि दिलाउन बेन्जेमाले ३१ गोल गरेका थिए । त्यतिबेला १३ वर्षे एकेडेमी खेलाडी रहेका कोरेन्टिन टोलिसो जस्ताले पनि फ्रान्सेली टिममा प्रवेश पाइसकेका छन् ।

टिममा अहिले प्रेसेनेल किमेम्बे जस्ता खेलाडी छन् । उनीहरू सबैका लागि बेन्जेमा नायक खेलाडी हुन् । आखिरमा तीनपल्ट युरोपेली च्याम्पियन्स लिग उपाधि जितेका खेलाडीको छाप युवामा पर्नु स्वाभाविक पनि हो । फ्रान्सेली टिमका समर्थकले बेन्जेमालाई टिममा फिर्ता बोलाउनुपर्छ भनेर माग गरिरहेका थिए । उनी जत्तिको खेलाडी समर्थकमाझ उत्तिकै लोकप्रिय छन् । खासमा बेन्जेमाले फ्रान्सेली टिममा स्थान नपाएको उनको खराब खेलले होइन ।

उनी सहभागी मैदानबाहिरको घटनाले नै हो । नत्र फ्रान्सका लागि ८२ खेलमा २७ गोल गरेका बेन्जेमा जत्तिका खेलाडीलाई कोही पनि प्रशिक्षकले कसरी आँखा चिम्लिन सक्छ र ? केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनबीचमा खेल्दा अहिलेसम्म बेन्जेमा ठीकै देखिएका छन् । बेन्जेमा अहिले जुन समयमा फर्केका छन्, त्यो पुराना खेलाडीलाई मौका दिने समय हो कि नयाँ खेलाडीलाई अवसर दिने समय हो त ? प्रश्न यो पनि छ । बेन्जेमा फ्रान्सेली टिम फर्केपछि खासमा उठेका प्रश्न यिनै हुन् ।

प्रकाशित : असार ८, २०७८ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?