पाराग्वेविरुद्ध अर्जेन्टिनाको संघर्षपूर्ण जित

एजेन्सी

रियो डे जेनेरियो — अर्जेन्टिनाले कोपा अमेरिकामा सोमबार पाराग्वेमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ । अर्जेन्टिनाका तर्फबाट एक मात्र गोल दसौं मिनेटमा एलेजान्ड्रो गोमेजले गरे । यसका लागि एन्जेल डि मारियाले अवसर सिर्जना गरे ।

पाराग्वेविरुद्ध अर्जेन्टिनाको संघर्षपूर्ण जित

यससँगै अर्जेन्टिना तीन खेलबाट सात अंक बनाई समूहको शीर्ष स्थानमा छ । पाराग्वे तीन अंकसाथ तेस्रो स्थानमा छ । यसअघि यसै समूहको अर्को खेलमा उरुग्वे र चिलीले १–१ को बराबरी खेले ।

चिलीले एडुवार्डो भारगासको गोलले २६औं मिनेटमा अग्रता लिएको थियो । तर अरटुरो भिडालले ६६औं मिनेटमा आत्मघाती गोल गरेपछि चिली बराबरीमा चित्त बुझाउन बाध्य रह्यो ।

चिली तीन खेलबाट पाँच अंकसहित दोस्रो स्थानमा छ भने उरुग्वेको दुई खेलबाट एक अंक मात्र भएको छ । उरुग्वे चौथो स्थानमा छ । उरुग्वे यसअघि अर्जेन्टिनासँग पराजित भएको थियो ।


प्रकाशित : असार ८, २०७८ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?