१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

घुँडाको चोटका कारण डेम्बेले युरोबाट बाहिर

एजेन्सी

बुडापेस्ट — फ्रान्सका फरवार्ड ओस्मान डेम्बेलेले घुँडाको चोटका कारण युरो २०२० का बाँकी खेल गुमाउने भएका छन् । फ्रान्सले आइतबार हंगेरीसँग १–१ को बराबरीमा टुंग्याएको खेलमा डेम्बेले मध्यान्तरमा मैदान प्रवेश गरेका थिए, तर घुँडामा चोट बोकेपछि त्यसको ३० मिनेटमै उनलाई परिवर्तन गर्नुपरेको थियो ।

घुँडाको चोटका कारण डेम्बेले युरोबाट बाहिर

‘ओस्मान डेम्बेलेको आइतबार राति बुडापेस्ट अस्पतालमा एक्सरे गरिएको छ,’ फ्रान्सेली फुटबल संघले सोमबार आफ्नो विज्ञप्तिमा भनेको छ, ‘फ्रान्सेली टोलीसँगै रहिरहन उनको चोट निको हुने समय कम छ ।’ सन् २०१७ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट बार्सिलोना आएयता २४ वर्षे डेम्बेले लगातार चोटले पिरोलिएका छन् ।

विश्व च्याम्पियन फ्रान्सले बुधबार युरोपियन च्याम्पियन पोर्चुगलसँग बुधबार लिगको आफ्नो अन्तिम खेल खेल्दै छ । डिडियर डेसच्याम्पको फ्रान्स समूह ‘एफ’ मा ४ अंकसहित शीर्षस्थानमा छ । जर्मनी र पोर्चुगलको ३–३ अंक छ । फ्रान्ससँग अग्रपंक्तिका खेलाडी अभाव भने छैन । एन्टोइन ग्रिजमन, करिम बेन्जेमा र केलियन एमबाप्पेबाहेक फ्रान्सको अग्रपंक्तिमा ओलिभर जिरुड, किंग्से कोमन र विसम बेन यार्डर छन् ।

प्रकाशित : असार ८, २०७८ ०६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?