कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

प्लेयर्स टु वाच : जर्जियो चिलिनी र ग्रानिट जाका

काठमाडौँ — युरो २०२० अन्तर्गत आइतबार राति २ वटा खेल हुँदैछन् । पहिलो खेलमा राति ९ : ४५ बजे रोममा इटालीविरुद्ध वेल्सले प्रतिस्पर्धा गर्नेछ । त्यस्तै राति ९ : ४५ बजे बाकुमा स्विट्जरल्यान्डविरुद्ध टर्कीले प्रतिस्पर्धा गर्नेछ ।

प्लेयर्स टु वाच : जर्जियो चिलिनी र ग्रानिट जाका

आजको 'प्लेयर्स टु वाच' मा हामीले इटालीका डिफेन्डर जर्जियो चिलिनी र स्विट्जरल्यान्डका मिडफिल्डर तथा कप्तान ग्रानिट जाकालाई छानेका छौं ।

जर्जियो चिलिनी (इटाली)

गत सिजन युभेन्ट्सबाट नियमित सुरुआत गर्न नपाए पनि जर्जियो चिलिनी युरो २०२० मा भने इटलीको रक्षापंक्तिमा मुख्य हतियार हुन् । अघिल्ला दुई खेलमा ‘क्लिन चिट’ राख्दै इटलीलाई नकआउट चरणमा पुर्‍याउन उनको भूमिका विशेष छ । करिअरको अन्त्यतिर रहेका ३६ वर्षीय उनीबाट इटालीले समूह चरणमा एक गोल पनि नखाई शतप्रतिशत जितको लक्ष्य राखेको छ ।


सन् २००४ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेयता उनले एक सयभन्दा धेरै क्याप जितेका छन् । सेन्टर ब्याकमा चतुर र आक्रामक स्वभावका उनी विपक्षी स्ट्राइकरका लागि सधैं एक हर्डल्सका रूपमा रहनेछन् । सन् २०१४ को विश्वकपमा उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले टोकेपछि उनी अझै चर्चामा आएका थिए ।

ग्रानिट जाका (स्विट्जरल्यान्ड)

सुरुका २ खेलबाट १ अंकमात्र जोडेको स्विट्जरल्यान्डका लागि युरो २०२० को नकआउट चरण प्रवेशका लागि अन्तिम खेलमा टर्कीलाई हराउनै पर्नेछ । यस्तोमा कप्तान तथा मिडफिल्डर ग्रानिट जाकाको सकारात्मक योगदान आवश्यक हुनेछ ।


गत सिजन आर्सनलका लागि कठिन रहे पनि जाका सकारात्मक स्रोतमध्येका एक थिए । १८ महिनाअगाडि टिमबाट निकालिएपछि यी मिडफिल्डरले मिकेल आर्टेटाको टिममा एक अभिन्न सदस्य बन्न धेरै मिहिनेत गरेका छन् । केही समय त उनले लेफ्टब्याकमा समेत खेले । मध्यक्षेत्रमा जाका र अग्रपंक्तिमा जेर्डान साकिरीको सन्तुलनले स्विस टोलीलाई एक ठोस नतिजामा पुर्‍याउने छ ।

प्रकाशित : असार ६, २०७८ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?