३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पाँच दिन ओलम्पिक डे

काठमाडौँ — कोरोना भाइरस संक्रमणको महामारीबीच नेपाली खेलकुद लगभग ठप्प रहेका बेला अबका ५ दिन ओलम्पिक डेका रूपमा मनाइने छ । नेपाल ओलम्पिक कमिटी र यसअन्तर्गत रहेका विभिन्न राष्ट्रिय खेल संघले शनिबारदेखि जुन २३ सम्म ५ दिन सबै प्रकारको सुरक्षा अपनाएर कार्यक्रम गर्न लागेको हो । 

पाँच दिन ओलम्पिक डे

यसपल्ट कमिटी, मातहतका विभिन्न संघसंस्थाले २ सय ३१ कार्यक्रम गर्नेछन् । पहिलो दिन शनिबार कमिटीको तत्त्वावधान तथा स्पोर्टस फर अल कमिशनको आयोजनामा ओलम्पिक डे २०२१ मनाइयो । त्यस अवसरमा युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले नेपालको भण्डा झन्डोत्तोलन गरे ।

कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा झन्डोत्तोलन गरे । उनले ओलम्पिक डेको आयोजनाले खेलकुद र समग्र समाजमा भातृत्व र शान्ति बढ्ने बताए । विश्व खेलकुद यससँग नजिकबाट आबद्ध भएको मात्र नभएर आमजनता भएको बताउँदै उनले कुनै न कुनै रूपमा सबै व्यक्ति खेलकुदमा सहभागी हुनुपर्ने बताए ।

सन् १८९४ जुन २३ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको स्थापना भएको थियो । त्यसकै सम्झनामा पूरा विश्वमा ओलम्पिक डे मनाउँदै आएको छ । यसअघि ओलम्पिक डे रन हुने गरेकाका अब ओलम्पिक डे का रूपमा मनाइन्छ । नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ ।

प्रकाशित : असार ६, २०७८ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?