इटालीले नयाँलाई खेलाउन सक्ने

एपी

रोम — किन अहिले रोकिनुपर्ने र ? इटालीले युरो २०२० को समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा वेल्सको सामना गर्दा टिमले आफूले आफैंलाई यही प्रश्न सोध्ने छ । इटाली यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ ।

इटालीले नयाँलाई खेलाउन सक्ने

अहिले टिमले कति धेरै उच्च प्रदर्शन गरिरहेको छ भने सम्भवतः त्यहाँबाट माथि जान सकिन्न, खाली ओरालो लाग्ने बाटोमात्र हुनेछ । सम्भवतः नै प्रशिक्षक रोबर्टो मान्चिनीले आफ्ना प्रमुख खेलाडीलाई आराम दिएर नयाँलाई अवसर दिन सक्छन् ।

इटालीले अहिलेसम्म खेलेका दुवै खेलमा समान तीन गोलको जित निकालेको छ । त्यो टर्की र स्विट्जरल्यान्डविरुद्ध । इटालीका विंगर फेडरिको चिसा भन्छन्, ‘अहिले इटालीको टिममा निकै उत्साह छ र यो प्रदर्शनका लागि टिमको प्रशंसा पनि हुनुपर्छ । यसको मुख्य जिम्मेवार प्रशिक्षक नै हुन् । उनले टिमलाई अब्बल दर्जाको बनाएका छन् ।’ इटालीले छनोटका १० खेलमध्ये १० मै जित निकालेको थियो । सम्भावना छ प्रशिक्षकले यसलाई निरन्तरता दिन उत्तिकै बलियो टिम उतार सक्छन् ।

वेल्सको भने ४ अंक छ । अर्को खेलमा स्विट्जरल्यान्डले टर्कीलाई हराउन सकेन भने मात्र वेल्स अन्तिम १६ मा पुग्नेछ । वेल्सले टर्कीलाई २–० ले हराएको थियो । त्यसमा दोस्रो गोल गरेका कोनर रोबर्टस मान्छन्, ‘खासमा हामी दबाबमा छैनौं । हामी मैदानमा उत्रन्छौं र आफ्नो स्वाभाविक खेलमा रमाउने छौं । हामीले आफ्नो पक्षमा नतिजा निकाल्न सक्छौं, किनभने फुटबलमा कहिले के हुन्छ, कसलाई पो थाहा हुन्छ र ?’

स्विट्जरल्यान्डविरुद्ध वेल्स

बाकु– जतिबेला स्विट्जरल्यान्ड र वेल्स युरो २०२० को समूह ‘ए’ मा भिड्नेछन्, उनीहरूसामु एउटै मात्र विकल्प रहनेछ । त्यो हो, स्पष्ट जित । दुवै टिमले निश्चित जितका लागि खेल्नुपर्नेछ । त्यसैले यो खेलमा एकपछि अर्को आक्रमण हुने तय छ । बराबरीमा दुवै टिमलाई केही फाइदा हुने छैन । जहाँसम्म जित रहेको छ, त्यो पनि बढी गोल अन्तरको जित चाहिने छ । अंकतालिकामा स्विट्जरल्यान्ड तेस्रो स्थानमा छ । टोलीको एक अंक छ ।

स्विस टिमको पछाडि टर्की छ । टर्कीको अंक खाता समेत खुलेको छैन । यी दुईमध्ये स्विट्जरल्यान्ड केही बलियो स्थितिमा छ किनभने टर्कीलाई हराए उनको ४ अंक हुनेछ । यस्तो स्थितिमा तेस्रो स्थानमा आउने उत्कृष्ट चार टिममा स्विट्जरल्यान्ड पर्न सक्छ । अझ जितले उसको दोस्रो स्थानको सम्भावना पनि खुला राख्नेछ । उसलाई लिएर ठूलो समस्या के पनि छ भने गोल अन्तर ऋणात्मक छ, त्यो पनि ३ गोलले । टर्कीले सुरुआती दुई खेल गुमाएको हुनाले अगाडि बढ्ने सम्भावना गणितीय मात्र रहनेछ ।

प्रकाशित : असार ६, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?