अर्जेन्टिनाले उरुग्वेलाई १-० ले हरायो

एजेन्सी

रियो डे जेनेरिया — कोपा अमेरिकामा शनिबार अर्जेन्टिनाले उरुग्वेलाई १–० ले हराएको छ । गुइडो रोडरिग्वेजको एक मात्र गोलको मद्दत ले अर्जेन्टिनाले समूह ‘ए’ को आफ्नो प्रमुख प्रतिद्वन्द्वीलाई हराउन सफल भएको हो ।

अर्जेन्टिनाले उरुग्वेलाई १-० ले हरायो

लियोनल मेसीले सिर्जना गरेको अवसरमा रोडरिग्वेजले १३ औं मिनेटमा गोल गरे । एक खेलमा जित र एकमा बराबरीमा रहेको अर्जेन्टिना चार अंकसहित शीर्ष स्थानमा रहेको छ । यसअघि पहिलो खेलमा चिली र अर्जेन्टिनाले १-१ को बराबरी खेलेका थिए ।

यसअघि चिलीले बोलिभियालाई १–० ले हराएको थियो । त्यसमा बेन बेरेटनले १० औं मिनेटमा गरेको गोल निर्णायक साबित भयो । यो जितपछि चिलीको पनि दुई खेलबाट चार अंक भएको छ र दोस्रो स्थानमा रहेको छ ।

यस्तै, पाराग्वे तीन अंकमा तेस्रो स्थानमा रहेको छ । आफ्नो पहिलो खेलमा पराजित भएको उरुग्वे भने अंकविहीन स्थितिमा रहेको छ ।

प्रकाशित : असार ५, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?