१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

‘फ्लाइङ सिख’ मिल्खा सिंहको निधन

एजेन्सी

नयाँदिल्ली — ‘फ्लाइङ सिख’ को नामले चर्चित मिल्खा सिंहको शुक्रबार राति चन्डीगढमा निधन भएको छ । इन्डियन एक्सप्रेसका अनुसार ९१ वर्षीय सिंहलाई गत महिना कोरोना भाइरस संक्रमणले छोएको थियो ।

‘फ्लाइङ सिख’ मिल्खा सिंहको निधन

गत साता मात्रै कोरोना संक्रमणका कारण उनकी पत्नी निर्मल कौरको पनि निधन भएको थियो । सन् १९५८ को कमनवेल्थ गेम्स र १९६० को ओलम्पिक्समा सहभागी सिंहलाई संक्रमण भएपछि मे २४ मा मोहालीको निजी अस्पतालमा भर्ना गरिएको थियो ।

मे ३० मा उनलाई त्यस अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई जुन ३ मा नेहरु अस्पतालमा फेरि भर्ना गरिएको थियो । त्यति बेला उनमा अक्सिनको स्तर घटेको थियो ।

गत साताको बिहीबार मात्रै उनको कोभिड परीक्षण नेगेटिभ आएको थियो । उनको छोरा जीभ मिल्खा सिंहलाई इन्डियन एक्सप्रेससँग भनेका छन्, ‘बुबा रहनु भएन ।’

सिंहले सन् १९५८ मा टोकियोमा आयोजित एसियाली खेलकुदमा २०० र ४०० मिटरको दौडमा स्वर्ण पदक जितेका थिए । त्यस्तै सन् १९६२ मा जकार्तामा आयोजित एसियाली खेलकुदमा ४०० ४०० मिटर रिले दौडमा पनि उनले स्वर्ण पदक जितेका थिए ।

मिल्खा सिंहको जीवनीमा आधारित भएर राकेश ओमप्रकाश मेहराको निर्देशनमा 'भाग मिल्खा भाग' चलचित्र समेत बनेको थियो । जसमा अभिनेता फरहान अख्तरले सिंहको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित : असार ५, २०७८ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?