कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

युरो-२०२० को नकआउट चरण पुग्ने चेकको बलियो सम्भावना

एजेन्सी

ग्लास्गो — चेक गणतन्त्रले युरो २०२० को नकआउट चरणमा पुग्ने बलियो सम्भावना देखाएको छ । क्रोएसियासँग शुक्रबार ह्याम्पडेन पार्कमा भएको रोमाञ्चक खेलमा १–१ को नतिजा निकालेपछि चेक अन्तिम १६ को नजिक पुगेको हो ।

युरो-२०२० को नकआउट चरण पुग्ने चेकको बलियो सम्भावना

चेकले पहिलो खेलमा स्कटल्यान्डलाई २–० ले पराजित गरी सनसनी सुरुआत गरेको थियो ।

क्रोएसियासँगको चार खेलमा चेकले कहिल्यै विजय हात पारेको छैन् । तर पछिल्लो नतिजाले चेकलाई समूह ‘डी’ को शीर्ष स्थानमा उभ्याएको छ । चेकले अव अन्तिम खेलमा इंग्ल्यान्डसँग वेम्बलीमा खेल्ने छ । पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित क्रोएसियाले अन्तिम १६ मा पुग्न स्कटल्यान्डलाई पराजित गर्न पर्नेछ । क्रोएसियालाई स्कटल्यान्डसँगको विजय पनि अघिल्लो चरणमा पुग्न पर्याप्त नहुन सक्छ ।

चेकले प्याट्रिक सिकको पेनाल्टी गोलमा ३७ औं मिनेटमा अग्रता लिएको थियो । क्रोएसियाका रक्ष डेजान लोभरेनले एयर बल क्लियर गर्नेक्रममा सिकलाई कुहिनोल हानेपछि रेफ्री कार्लोस डेल सेरो ग्रान्डेले भीएआरसँग परामर्श गरी मैदानको छेउमा रहेको मोनिटर हेरेर पेनाल्टीको निर्णय दिएका थिए । घुडाको चोटका कारण अघिल्लो खेल गुमाएका लोभरेनको प्रहार सिकको नाक फुटेको थियो ।

उनै सिकले गोल गरी चेकको अग्रता खोलेका थिए । प्रतियोगितामा बायर लेभरकुसेनका फरवार्डको यो तेस्रो गोल हो । इन्टर मिलानका फरवार्ड इभान पेरिसिजले मध्यान्तर लगत्तै व्यक्तिगत प्रयासमा उत्कृष्ट गोल गरी क्रोएसियालाई बराबरीमा ल्याए । उनी चार प्रमुख प्रतियोगितामा गोल गर्ने क्रोएसियाका पहिलो खेलाडी बने । उनले २०१४ को विश्वकप, युरो २०१६, विश्वकप २०१८ र यस पटक गोल गरेका हुन्

प्रमुख प्रतियोगितामा भने चेक र क्रोएसियाको यो केवल दोस्रो खेल हो । युरो २०१६ मा यी दुई बीचको खेलमा २–२ को बराबरीमा टुंगिएको थियो ।

प्रकाशित : असार ५, २०७८ ००:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?