स्लोभाकियालाई हराएर स्विडेन शीर्षमा

एजेन्सी

सेन्ट पिटर्सबर्ग — स्विडेनले युरो २०२० को समूह ‘ई’ मा शुक्रबार स्लोभाकियालाई १–० ले हराएर नकआउट चरण पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ । यो जितपछि स्विडेनको दुई खेलबाट चार अंक भएको छ ।

स्लोभाकियालाई हराएर स्विडेन शीर्षमा

स्विडेन समूहको शीर्ष स्थानमा छ र उसले आफ्नो लिग चरणको अन्तिम खेलमा पोल्यान्डको सामना गर्नेछ । यसअघि स्विडेनले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो ।

खेलको एक मात्र गोल इमिल फोसबर्गले गरे । उनले ७७ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका हुन् । स्लोभाकियाली गोलरक्षक मार्टिन डुब्राभ्कले एलेक्जान्डर इसाकलाई लडाएपछि स्विडेनले पेनाल्टीको अवसर पाएको हो ।

आफ्नो पहिलो खेलमा पोल्यान्डलाई हराएको स्लोभाकिया तीन अंकमा समूहको दोस्रो स्थानमा छ र उसको अन्तिम खेल स्पेनविरुद्ध हुनेछ ।

प्रकाशित : असार ४, २०७८ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?