स्पेनमा हुने ट्राई-सिरिजका लागि बन्द प्रशिक्षणमा २० खेलाडी

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप क्रिकेट–टुको तयारीका लागि २० खेलाडीलाई शुक्रबार बन्द प्रशिक्षणमा बोलाएको छ । त्यस लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक वान डे सिरिज हुन लागेको छ ।

स्पेनमा हुने ट्राई-सिरिजका लागि बन्द प्रशिक्षणमा २० खेलाडी

बन्द प्रशिक्षकका लागि बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भर्तेल, आरिफ सेख, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आसिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन् ।

यस्तै बन्द प्रशिक्षणमा परेका अन्य खेलाडीमा कमलसिंह ऐरी, अविनास बोहरा, सन्दीप जोरा, साहब आलाम, सुसन भारी, शरद भेषवाकर, क्रिम सोब, पवन सर्राफ र पृथु बास्कोटा रहेका छन् ।

प्रकाशित : असार ४, २०७८ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?