कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

समूह विजेताका रूपमा नेदरल्यान्ड्स युरो-२०२० को अन्तिम १६ मा

एजेन्सी

आम्स्टर्डम — मेम्फिस डिपेले पेनाल्टीबाट गरेको सुरुवाती गोलको मद्दतमा नेदरल्यान्ड्सले अस्ट्रियालाई बिहीबार २–० ले हराएको छ । जितसँगै नेदरल्यान्ड्स युरो-२०२० को अन्तिम १६ को यात्रा तय गर्न सफल भएको छ ।

समूह विजेताका रूपमा नेदरल्यान्ड्स युरो-२०२० को अन्तिम १६ मा

लिग चरणको अन्तिम खेल अगाडि नै नेदरल्यान्ड्स समूह 'सी' विजेता बन्ने पनि निश्चित भएको छ ।

डेविड अल्बाले जेनजेल डुमफ्रेसमाथि गरेको फलमा प्राप्त पेनाल्टीमा डिपेले ११ औं मिनेटमा गोल गरे । युक्रेनमाथि प्राप्त जितमा प्रभावशाली प्रदर्शन गरेको डुमफ्रेसले दोस्रो हाफमा दोस्रो गोल गरे । यो उनको प्रतियोगितामा दोस्रो व्यक्तिगत गोल पनि रह्यो ।

योहान क्रोएफ एरेनामा भएको खेलमा डच टिम सुरुदेखि नै सुदृढ देखिएको थियो र यसक्रममा फ्रान्क डे बोरको टिमले सन् २०१४ को विश्वकपयता खेलिरहेको पहिलो ठूलो प्रतियोगितामा आफूलाई अहिलेसम्म सफल सावित गरेको छ ।

समूहमा नेदरल्यान्ड्सको ६ अंक छ भने अस्ट्रिया र युक्रेन दुवै तीन तीन अंकमा छन् । नेदरल्यान्ड्सले यी दुवै टिमलाई हराइसकेको छ । उत्तरी मेसोडोनिया भने शून्य अंकमा अन्तिम स्थानमा छ ।

प्रकाशित : असार ४, २०७८ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?