कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

डी ब्रुयनाको प्रभावले बेल्जियम नकआउट चरणमा

एजेन्सी

कोपेनहेगन — केभिन डी ब्रुयनाको उत्कृष्ट प्रदर्शनमा बेल्जियम पुनरागमन गर्दै युरो २०२० को नकआउट चरणमा पुगेको छ । एक गोलले पछाडि परेको बेल्जियमले बिहीबार कोपेनहेगनमा डेनमार्कलाई २–१ ले पराजित गर्‍यो । लगातार दोस्रो विजय हात पार्दै बेल्जियमले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

डी ब्रुयनाको प्रभावले बेल्जियम नकआउट चरणमा

समूह ‘बी’ रहेको बेल्जियमको ६ अंक रहेको छ । डेनमार्कले दुवै खेल हारेको छ । फिनल्यान्डविरुद्ध शनिबार अघिल्लो खेलमा मैदानमै हृदयघात भएका डेनिस मिडफिल्डर क्रिस्टियन एरिकसन प्रति खेलाडी र समर्थहरुले ठूलो सम्मान दर्शाएका थिए ।

डेनमार्कका सदाबहार १० नम्बर यी खेलाडीको नाममा खेल सुरु हुनुअघि र खेलको दौरानमा सम्मान दिइएको थियो । उनले लगाउने गरेको १० नम्बर जर्सीसँग मिल्ने गरी १० औं मिनेटमा खेल रोकेर दुवै टोलीका खेलाडी, पदाधिकारी र समर्थकहरुले एरिकसनको सम्मान र स्वास्थ लाभको कामना गर्दै एक मिनेट ताली बजाएका थिए ।

मैदानभित्र डेनमार्कलाई अग्रता लिन एक सय सेकेन्ड पनि लागेन । बेल्जियमका रक्षकले गरेको गल्तीमा युसुफ पोउलसेनले डेनमार्कको खाता खोलेका थिए । मध्यान्तरमा म्यानचेस्टर सिटीका मिडफिल्डर डी ब्रुयना मैदानमा प्रवेश गरेसँगैं खेलको स्वरूप परिवर्तन भएको थियो ।

तस्बिर : रोयटर्स

उत्कृष्ट गोल गर्दै बेल्जियमले ५४ औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो । रोमेलु लुकाकुले एक्लै अगाडि बढाउँदै लगेर दिएको बलमा डी ब्रुयनाले थोर्गन हजार्डले पास दिए । हजार्डले सजिलै ट्यापिङ गर्दै खेल बराबरीमा ल्याए । खेल समाप्त हुन २० मिनेट अगाडि लुकाकुले त्यस्तैगरी अघि लगेको बल इडेन हजार्डलाई दिए । हजार्डले दिएको पासमा डी ब्रुयनाले सानदार गोल गरे । मार्थिन ब्रेथवेटले खेलको अन्तिम तिर गरेको हेड प्रहार बारमा लाग्दै बाहिरिएपछि डेनमार्कको खेल बराबरीमा ल्याउने प्रयास असफल भयो ।

बेल्जियमले पहिलो खेलमा रुसलाई ३–० ले पराजित गर्दा डी ब्रुयना खेलेका थिएनन् । च्याम्पियन्स लिगको फाइनलमा चेल्सीविरुद्ध खेल्दा घाइते भए यता उनी पहिलो पटक खेलेका हुन् ।

प्रकाशित : असार ४, २०७८ ०६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?