३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

उत्तरी मेसोडोनियामाथि युक्रेनको रोमाञ्चक जित

एजेन्सी

बुखारेस्ट — युक्रेनले युरो कप २०२० को समूह सीको रोमाञ्चक खेलमा बिहीबार उत्तरी मेसोडोनियालाई २–१ ले हराएको छ । यो जितपछि युक्रेनको नकआउट चरण पुग्ने सम्भावना कायम रह्यो । हारले उत्तरी मेसोडोनियाको यही सम्भावना भने कमजोर बनेको छ ।

उत्तरी मेसोडोनियामाथि युक्रेनको रोमाञ्चक जित

मेसोडोनियाको यो लगातार दोस्रो हार हो । आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध हार बेहोरेको युक्रेनले दोस्रो खेलमा भने जित निकालेको छ । यो नतिजापछि समूहका तीन टिम नेदरल्यान्ड्स, अस्ट्रिया र युक्रेन दुवैको समान तीन तीन अंक छ ।

नेसनल एरिनामा भएको खेलमा युक्रेनले आन्द्रेयी यारमोलेन्कोको गोलले २९ औं मिनेटमा अग्रता लिएको थियो । युक्रेनको दोस्रो गोल रोमन यारेमचुकको नाममा रह्यो र उनले ३४ औं मिनेटमा बललाई पोस्टको दिशा दिए ।

उत्तरी मेसोडोनियाको तर्फबाट ५७ औं मिनेटमा इजजियान एलिओस्कीले एक गोल फर्काए । पेनाल्टीमा उनको सुरुआती प्रहार गोलमा परिणत भएको थिएन् । त्यसमा गोलरक्षक जर्जी बुस्चानले बचाउ गरे । तर त्यसमै फर्केको बलमा उनले गोल गरे ।

खेलको ८५ औं मिनेटमा प्राप्त पेनाल्टीमा पनि युक्रेनले गोल गर्न सकेन । रुस्लान मालिनोस्कीको प्रहारलाई उत्तरी मेसोडोनियाका गोलरक्षक स्टोल डिमिट्रीभ्स्कीले गोल हुन दिएनन् ।

प्रकाशित : असार ३, २०७८ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?