कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेलमै केन्द्रित हुँदै डेनमार्क

डेनमार्कका प्रशिक्षक कास्पर हिजुलमन्ड भन्छन्- ‘हामी एकपल्ट फेरि मैदानमा फर्कन तयार छौं । शनिबार हामीले सक्दो खेलेका थियौं । अब बिहीबार हामीले डेनमार्क कस्तो टिम हो, यसले कस्तो खेल्छ र कस्तो संघर्ष गर्छ, त्यो देखाउने छौं ।’
एएफपी

कोपनहेगन — डेनमार्कका लागि फेरि एकपल्ट युरोपेली च्याम्पियनसिपमा आफ्नो ध्यान केन्द्रित हुने समय आएको छ । फिनल्यान्डविरुद्धको खेलमा क्रिस्टियन एरिक्सन अचेत भएर ढलेको ५ दिनपछि बिहीबार डेनमार्क फेरि एकपल्ट मैदानमा फर्कंदै छ ।

खेलमै केन्द्रित हुँदै डेनमार्क

समूह ‘बी’ मा यसपल्ट उसको प्रतिद्वन्द्वी हुने शीर्ष वरीयताको बेल्जियम । शनिबारको घटनापछि टिमका लागि खेल्नु भावनात्मक पक्कै हुनेछ । पछिल्ला यी दिन पक्कै पनि डेनमार्कका खेलाडीले कसरी सामान्य हुने भनेर प्रयास गरेकै हुनुपर्छ ।

एरिक्सन स्वस्थ्य हुनेतर्फ अग्रसर छन् । उनले आफ्ना साथीलाई युरो २०२० मा ध्यान केन्द्रित गर्न भनेका छन् । डेनमार्कका प्रशिक्षक कास्पर हिजुलमन्ड मान्छन्, आफ्ना खेलाडी अगाडि बढ्ने प्रयासमा छन् । उनले भनेका छन्, ‘हामी एकपल्ट फेरि मैदानमा फर्कन तयार छौं । शनिबार हामीले सक्दो खेलेका थियौं । अब बिहीबार हामीले डेनमार्क कस्तो टिम हो, यसले कस्तो खेल्छ र कस्तो संघर्ष गर्छ, त्यो देखाउने छौं ।’

पार्केन स्टेडियममा हुने खेलमा २५ हजार दर्शकलाई प्रवेश अवसर दिइनेछ । जबकि फिनल्यान्डविरुद्धको खेलमा दर्शक संख्या १५ हजारमात्र थियो । यी दर्शकले पक्कै पनि आफ्नो टिम र खेलाडीको उच्च समर्थन गर्नेछन्, किनभने डेनमार्क पूरा देशले उनीहरूलाई नायक मानेको छ । एरिक्सन ढलेपछि जसरी खेलाडीले मानवीय पर्खाल बनाएर इन्टर मिलान खेलाडीलाई गरेको सीपीआरलाई सार्वजनिक गर्न दिएको थिएन, त्यसबाट सबै प्रभावित भएका छन् ।

डेनमार्कका प्रशिक्षक कास्पर हिजुलमन्ड । तस्बिर : एपी

डेनमार्कका समर्थकले पनि खेलको दसौं मिनेटमा उभिएर एरिक्सनलाई सम्मान गर्ने निर्णय गरेका छन्, किनभने एरिक्सनको जर्सी नम्बर १० हो । त्यतिबेला उनको नाम रंगशालामा गुन्जने पक्का छ । हिजलमुन्डले भनेका छन्, ‘खेल पक्कै पनि भावनात्मक हुनेछ, तर हामी यसका लागि तयार हुने प्रयासमा छौं । हामी चाहन्छौं, सबै खेलाडीले राम्रो खेलोस् ।’ डेनमार्कलाई लिएर एउटै समस्या के भने पहिलो गुमाएको छ । ठीक यही बेला प्रतियोगिताकै एक उच्च टिमको सामना गर्दै छ ।

बेल्जियमले रुसलाई आफ्नो पहिलो खेलमा रुसलाई सजिलै तीन गोलले हराएको थियो । त्यसमाथि बेल्जियमका प्रमुख खेलाडी केभिन डी ब्रुयने पनि टिममा फर्कंदैछन् । उनले पछिल्ला दिन टिमका अभ्यासमा पूर्ण रूपमा सहभागी भइसकेका छन् । सम्भवतः बेल्जियमका लागि एक्सेल विटसेल पनि मैदानमा फर्कने लगभग तयजस्तै छ । बेल्जियमका अर्का प्रमुख खेलाडी रोमेलु लुकाकुका लागि यो खेल आफैंमा अनौठो हुनेछ, किनभने एरिक्सन उनका इन्टरका साथी खेलाडी हुन् ।

रुसविरुद्धको खेलअगाडि लुकाकुले आफू रोएको बताएका थिए, एरिक्सनले बेहोरेको घटनालाई लिएर सम्झेर । त्यसमा उनले दुई गोल गरे । भनेका थिए, ‘क्रिस्टियन, बलियो हुनु । हामी तिमीलाई माया गर्छौं ।’ अब यिनै लुकाकुको काम हुनेछ, डेनमार्कको बाटोमा समस्या तेर्साउने । बेल्जियमका मिडफिल्डर नासेर चाडली डेनमार्कले यो विषम परिस्थितिमा कसरी खेल्नेछ भनेर आफूले अनुमानसमेत गर्न नसकेको बताउँछन् । झन्छन्, यो खेल दुवै टिमका लागि सजिलो हुने छैन ।

युक्रेनविरुद्ध ऊत्तरी मेसेडोनिया

बुखारेस्ट– युरो २०२० को समूह ‘सी’ को खेलमा युत्रेनले बिहीबार उत्तरी मेसेडोनियाको सामना गर्दै छ । दुवै टिमलाई एउटै चिन्ताले सताएको छ, यसमा पराजित रहे प्रतियोगिताबाट बाहिरिने सम्भावन रहन्छ । दुवै टिम आफ्नो पहिलो खेलमा फराजित रहेका थिए । युत्रेन नेरल्यान्ड्सको हातबाट हारेको थियो भने उत्तर मेसेडोनिया अस्ट्रियासँग । त्यसैले दुवै टिम एक आपसको सामना गर्दा एउटै उद्देश्यमा हुनेछ, स्पष्ट जित । अरू केही होइन ।

नेदरल्यान्ड्सविरुद्ध अस्ट्रिया

एम्स्ट्रडम– यो खेल भने समूह ‘सी’ को त्यस्तो खेल हो, जहाँ दुवै टिमले आ–आफ्नो पहिलो खेलमा पहिलो जित जित निकालेको छ । त्यसैले जतिबेला नेदरल्यान्ड्स र अस्ट्रियाको आमनेसामने गर्नेछन्, तिनको उद्देश्य समान हुनेछ, जितको क्रमलाई कायम राख्ने ।

नेदरल्यान्ड्स सात वर्षपछि कुनै ठूलो प्रतियोगिता खेलिरहेको छ, त्यसैले डच टिम चाहन्छन्, आफ्नो गर्विलो इतिहासअनुसार प्रदर्शन खेलन सकोस् । डच टिमको उद्देश्य यस खेल जितेर समूहमा शीर्ष भएर अगाडि बढ्ने हुनेछ ।

प्रकाशित : असार ३, २०७८ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?