पोग्बाको प्रभाव

बीबीसी

पेरिस — फ्रान्सले युरो २०२० जितेको खण्डमा यस वर्षको बालोन डी’अर एनगोलो कान्टे वा केलियन एमबाप्पेले जित्ने भविष्यवाणी गर्न कठिन छैन । किनभने यी दुईले क्लब फुटबलमा आफ्नो क्लबलाई उच्च सफलता दिलाएका थिए । मंगलबार राति समूह ‘एफ’ अन्तर्गत फ्रान्सले जर्मनीलाई हराएपछि यो सूचीमा पाउल पोग्बाको नाम किन छैन त ? 

पोग्बाको प्रभाव

इटालीका महान गोलरक्षक जियानलुइगी बुफोनले युभेन्ट्सका तत्कालीन सहकर्मी पोग्बाले बालोन डी’अर जित्ने भविष्यवाणी सात वर्षअघि नै गरेका थिए । उनले भनेका थिए, ‘उनी त्यस्ता खेलाडीमध्येका सर्वगुण सम्पन्न खेलाडी हुन् ।’ आफू त्यस्तै छु भनेर पोग्बाले एलियान्ज एरिनामा साबित गरेका छन् । तर कसैले यो दाबी गर्न सकेका छैनन् कि पोग्वा यो वर्ष विश्व फुटबलको सर्वश्रेष्ठ खेलाडीको नजिक छन् ।

म्युनिकमा फ्रान्सको १–० को जितमा उनको प्रभावशाली प्रदर्शन अविश्वसनीय थियो । धेरैलाई उनको यो अपवादको प्रदर्शनजस्तो लागेको छ । यो नै उनको करिअरको निराशाजनक सत्य हो ।

म्यानचेस्टर युनाइटेडका समर्थकहरूले यो सोच्न छुट पाउनेछन् । गत महिना भिल्लारियलसँगको युरोपा लिग फाइनलमा यी निपुण पोग्बा कहाँ थिए ? तर २८ वर्षीय यी मिडफिल्डर लामो समयदेखि क्लब र राष्ट्रिय टोलीका लागि फरक खेलाडी रहे । तथ्यहरूले प्रस्ट पार्छ भने उनको खुट्टाले ओल्ड ट्राफोर्डको तुलनामा अन्तर्राष्ट्रिय एरिनामा सहज महसुस गर्दछ ।

‘म्यानचेस्टरमा मलाई बक्सभित्र जाने स्वतन्त्रता त छ तर त्यहाँ मेरो मुख्य जिम्मेवारी डिफेन्सिभ हो,’ पोग्बाले फ्रान्सेली दैनिक पत्रिकासँग भने, ‘फ्रान्सले ४–२–३–१ फर्मेसनबाट खेल्ने गर्छ । म राष्ट्रिय टोलीमा थोरै अगाडि बढेर खेल्न पाउँछु । मलाई बक्समा जान र गोलको प्रयास गर्न म्यानचेस्टरभन्दा बढी स्वतन्त्रता छ ।’

जर्मनीविरुद्ध उनी मैदानभरि छाएका थिए । ट्याकल, पास र समग्र खेल अगाडि बढाउने कला देख्दा मैदानमा उनीमात्र थिए । एनगोलो कान्टेसँग खेल्दै गर्दा अधिक राहत महसुस गर्न सकिने उनको बुझाइ छ । चेल्सीका यी स्टारले पनि सानदार खेल प्रदर्शन गरे । तर त्योभन्दा पोग्बाको आफ्नो उच्चस्तरको प्रदर्शन थियो ।

डिफेन्समा उनले अन्य खेलाडीले भन्दा धेरै १२ पल्ट पोजिसन ग्रहण गरे । जबकि अन्य खेलाडी बढीमा तीनपल्टसम्म बल खोस्न सफल थिए । अग्रपंक्तिमा पनि उनको उत्तिकै प्रभाव रह्यो । लुकास हर्जान्डेजको प्रहार म्याट्स हमल्सको खुट्टामा लागेर गोल हुनुअघिको बल उनैले असिस्ट गरेका थिए । उनी एमबाप्पे र करिम बेन्जेमाले गरेका दुई असफल गोलमा पनि अप्रत्याशित रूपमा सामेल थिए ।

त्यति हुँदाहुँदै खेलभरि धेरै फाउल गर्ने खेलाडी उनै पोग्बा थिए । विपक्षी डिफेन्डर एन्टोनियो रुडिगरले ढाडमा टोक्ने प्रयास गरेको घटनाले पनि चर्चा पायो । जे भए नि उनले आफ्नो सम्पूर्ण कौशलको प्रदर्शन गरेका थिए । निःसन्देह उनी खेलको म्यान अफ द म्याच चुनिए । तर उनले विश्वकै सर्वश्रेष्ठ फुटबलरको उपाधि पाउन कि पाउँदैनन् भन्ने चाहिँ स्पष्ट भएको छैन ।

प्रकाशित : असार ३, २०७८ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?