कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कुवेत र जोर्डन एसिया कप छनोटको तेस्रो चरणमा

काठमाडौँ — नेपाल सम्मिलित एसियाली विश्वकप छनोटबाट कुवेत र जोर्डनले एसियाकप छनोटको तेस्रो चरण खेल्ने निश्चित भएको छ । छनोटको दोस्रो चरणको अन्तिम दिन बुधबारको खेलपछि दुवै टिम समान १४ अंकमा रहे ।

कुवेत र जोर्डन एसिया कप छनोटको तेस्रो चरणमा

गोल अन्तरले कुवेत दोस्रो र जोर्डन तेस्रो स्थानमा रह्यो । उनीहरू दुवै विश्वकप छनोटको तेस्रो चरण पुग्न भने असफल रहे । अस्ट्रेलियाले जोर्डनलाई १–० ले हरायो भने कुवेतले चिनियाँ ताइपेईमाथि २–१ को जित निकाल्यो ।

अस्ट्रेलिया यसअघि नै एसिया कपमा छनोट भइसकेको छ । यस्तै उसले विश्वकप छनोट तेस्रो चरण पनि खेल्नेछ । समूहको दोस्रो स्थानमा रहेका उत्कृष्ट पाँच टिममा चीन, इराक ओमान, भियतनाम र लेवनान रहे ।

दोस्रो चरणको छनोटको आ–आफ्नो समूहमा अस्ट्रेलियासँगै सिरिया, इरान, साउदी अरेबिया, कतार, जापान, यूएई र दक्षिण कोरिया शीर्ष स्थानमा रहे ।

दोस्रो चरण छनोटको अन्तिम दिनका अन्य खेलमा चीनले सिरियालाई ३–१, बहराइनले हङकङलाई ४–०, इरानले इराकलाई १–०, प्यालेस्टाइनले यमनलाई ३–०, साउदी अरबले उज्वेकिस्तानलाई ३–० र ओमानले बंगलादेशलाई १–० ले हराए । फिलिपिन्स र माल्दिभ्स तथा भारत र अफगानिस्तानले समान १–१ को बराबरी खेले ।

प्रकाशित : असार २, २०७८ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?