कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जर्मनीको आत्मघाती गोलमा फ्रान्स विजयी

एजेन्सी

म्युनिख — म्याट्स हुमेल्सको आत्मघाती गोलमा फ्रान्सले युरो- २०२० मा जर्मनीलाई १–० ले हराएको छ । हुमेल्सले २० औं मिनेटमा बललाई आफ्नै पोस्टमा प्रहार गरे र यो नै निर्णायक गोल रह्यो ।

जर्मनीको आत्मघाती गोलमा फ्रान्स विजयी

दुई युरोपेली महाशक्तिबीचको खेलमा जितका लागि फ्रान्स भने पूर्णत: हकदार रह्यो । दोस्रो हाफमा केयलिन एमबापे र करिम बेन्जेमाको गोललाई अफ साइडका कारण मान्यता दिइएन ।

तस्बिर : रोयटर्स

यस्तै एडरिन राबोटको प्रहार पोस्टमा लागेको थियो । यो नतिजापछि समूह एफ मा फ्रान्स गोल अन्तरले दोस्रो स्थानमा रहेको छ । हंगेरीलाई ३–० ले हराएको पोर्चुगल समूहको शीर्ष स्थानमा छ ।

प्रकाशित : असार २, २०७८ ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?