२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइनको खुला प्रतिस्पर्धा

काठमाडौँ — नेदरल्यान्ड्स र मलेसियासम्मिलित त्रिकोणात्मक ट्वान्टी–२० शृंखला जितेको नेपाली क्रिकेट टोली नगदले पुरस्कृत हुने भएको छ ।

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइनको खुला प्रतिस्पर्धा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजक माई सेकेन्ड टिचरले विजेता नेपाली टोलीलाई ५ लाख रुपैयाँले सम्मानित गर्न लागेको हो । एडप्याडमार्फत माई सेकेन्ड च्वाइसले नेपाली टोलीको मुख्य प्रायोजन गर्दै आएको छ ।

वैशाख ४ देखि ११ सम्म आयोजित प्रतियोगितामा नेपालले नेदरल्यान्ड्सलाई पराजित गर्दै उपाधि जितेको थियो । प्रतियोगितामा नेपालबाट कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम र कमलसिंह ऐरीले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए । यी चारै खेलाडीलाई जनही १ लाखले पुरस्कृत गरिने माई सेकेन्डले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाली टोलीको नयाँ जर्सीको डिजाइनका लागि माई सेकेन्ड टिचर र नेपाल क्रिकेट संघले सोमबार खुला प्रतिस्पर्धा आह्वान गरेको छ । उत्कृष्ट एक डिजाइनलाई एक लाखले पुरस्कृत गरिनेछ । क्यानले असार ४ गतेसम्म समयसीमा तोकेको छ । नेपालको राष्ट्रिय झण्डासँग मिल्ने रंग संयोजनमा नेपाली क्रिकेटको डिजाइन गर्नुपर्ने जनाउँदै क्यानले भनेको छ, ‘नेपालको खेल परम्परालाई झल्काउने र नेपाली क्रिकेटको लिगेसी प्रतिविम्बत गर्ने किसिमको जर्सी हुनपर्नेछ ।’

माई सेकेन्ड टिचरका सह–संस्थापक सुलभ बुढाथोकीले नेपाली क्रिकेट टोलीको जर्सी राम्रो र उत्कृष्ट होस् भन्ने हिसाबले क्यानसँग खुला प्रतिस्पर्धाबाट डिजाइन छनोटमा सहकार्य गरेको जनाएका छन् ।

प्रकाशित : असार १, २०७८ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?