कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सिकको दुई गोलमा चेक गणतन्त्र विजयी

एजेन्सी

ग्लास्को — बायर लेभरकुजनका फरवार्ड प्याट्रिक सिकले गरेको दुई गोलको मद्दतले चेक गणतन्त्रले सोमबार युरो २०२० को समूह ‘डी’ को खेलमा स्कटल्यान्डलाई २–० ले हराएको छ । यो जितपछि चेक टिमले समूहमा सुरुआती शीर्ष स्थान पनि कब्जा गरेको छ ।

सिकको दुई गोलमा चेक गणतन्त्र विजयी

ह्याम्पडेन पार्कमा भएको खेलमा सिक ले ४२ औं मिनेटमा हेडबाट पहिलो गोल गरे । उनले ५२ औं मिनेटमा गरेको गोल भने युरो इतिहासकै एक उत्कृष्ट गोलमध्ये रह्यो । सिकले मैदानको मध्यभागबाट गरेको प्रहारले घुमाउरो बाटो तय गर्दै सुन्दर गोलमा परिणत भएको थियो ।

पूरा खेल अवधिमा स्कटल्यान्ड हाबी रहे पनि टिमले गोल भने निकाल्न सकेन र त्यसको मूल्य चुकाउन बाध्य रह्यो ।

समूह ‘डी’ मा चेकसँगै इंग्ल्यान्डको तीन अंक भएको छ । इंग्ल्यान्ड गोल अन्तरमा दोस्रो स्थानमा छ । इंग्ल्यान्डले यसअघि क्रोएसियालाई हराएको थियो ।

प्रकाशित : जेष्ठ ३१, २०७८ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?