पाँच गोलको रोमाञ्चक खेलमा युक्रेनमाथि नेदरल्यान्ड्सको जित- खेलकुद - कान्तिपुर समाचार

पाँच गोलको रोमाञ्चक खेलमा युक्रेनमाथि नेदरल्यान्ड्सको जित

एजेन्सी

आम्सटर्डम — डेनजेल डुमफ्रेसले नाटकीय रूपमा खेलको अन्त्यतिर गोल गरेपछि युरो २०२० मा नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ ले हराएको छ ।

तस्बिर : रोयटर्स

पाँच गोलको रोमाञ्चक खेलमा प्राप्त यस जितपछि नेदरल्यान्ड्सले समूह 'सी' मा तीन बहुमूल्य अंक बटुलेको छ ।

तस्बिर : रोयटर्स

जर्जिनो विजनाल्डम र वट वेघरोस्टले नेदरल्यान्ड्सका लागि दुई गोल गर्दै टिमलाई अगाडि राखे । तर युक्रेनले पुनरागमन रच्दै आन्द्रेयी यामोलेन्को र रोमन यारेमचुकले गोल गरे । यससँगै खेल रोमाञ्चक मोडमा पुगेको थियो ।

तर खेल सकिन पाँच मिनेट अगाडि डुमफ्रेसले हेडबाट निर्णायक गोल गरे । नेदरल्यान्ड्स सात वर्षको अन्तरमा पहिलो पल्ट कुनै ठूलो प्रतियोगिता खेलिरहेको छ र यसक्रममा विजयी सुरुआत लिन सफल रह्यो ।

प्रकाशित : जेष्ठ ३१, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्

जोकोभिचले जिते फ्रेन्च ओपन

एजेन्सी

पेरिस — विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिचले आइतबार १९औं ग्रान्ड स्लाम उपाधि जितेका छन् । उनले ग्रिसका स्टेफानोस सिसिपासलाई हराएर फ्रेन्च ओपन जितेका हुन् । यसका लागि उनले खेलमा उत्कृष्ट पुनरागमन गरेका थिए । 

तस्बिर : रोयटर्स

सर्बियाका ३४ वर्षीय जोकोभिचले सुरुआती दुई सेट गुमाएर पनि ६–७, २–६, ६–३, ६–२ र ६–४ ले फाइनल जिते । अन्तिम सेटमा जोकोभिचको अनुभव निर्णायक देखिएको थियो ।

यो सफलतापछि जोकोभिच ग्रान्ड स्लाम उपाधि जितेको संख्याका आधारमा आफ्ना दुई खास प्रतिद्वन्द्वी राफेल नाडाल र रोजर फेडेररको नजिक पुगेका छन् । नाडाल र फेडेररले समान २० ग्रान्ड स्लाम उपाधि जितेका छन् ।


यसपल्ट फाइनल पुग्न पनि जोकोभिचले नाडाललाई नै हराएका थिए । सिसिपासले भने आफ्नो खेलजीवनको पहिलो ग्रान्ड स्लाम फाइनल खेलेका हुन् । यसअघि उनी ग्रान्ड स्लामका तीन सेमिफाइनलमा पराजित भएका थिए ।

प्रकाशित : जेष्ठ ३१, २०७८ ०७:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×