जोकोभिचले जिते फ्रेन्च ओपन

एजेन्सी

पेरिस — विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिचले आइतबार १९औं ग्रान्ड स्लाम उपाधि जितेका छन् । उनले ग्रिसका स्टेफानोस सिसिपासलाई हराएर फ्रेन्च ओपन जितेका हुन् । यसका लागि उनले खेलमा उत्कृष्ट पुनरागमन गरेका थिए । 

जोकोभिचले जिते फ्रेन्च ओपन

सर्बियाका ३४ वर्षीय जोकोभिचले सुरुआती दुई सेट गुमाएर पनि ६–७, २–६, ६–३, ६–२ र ६–४ ले फाइनल जिते । अन्तिम सेटमा जोकोभिचको अनुभव निर्णायक देखिएको थियो ।

यो सफलतापछि जोकोभिच ग्रान्ड स्लाम उपाधि जितेको संख्याका आधारमा आफ्ना दुई खास प्रतिद्वन्द्वी राफेल नाडाल र रोजर फेडेररको नजिक पुगेका छन् । नाडाल र फेडेररले समान २० ग्रान्ड स्लाम उपाधि जितेका छन् ।


यसपल्ट फाइनल पुग्न पनि जोकोभिचले नाडाललाई नै हराएका थिए । सिसिपासले भने आफ्नो खेलजीवनको पहिलो ग्रान्ड स्लाम फाइनल खेलेका हुन् । यसअघि उनी ग्रान्ड स्लामका तीन सेमिफाइनलमा पराजित भएका थिए ।

प्रकाशित : जेष्ठ ३१, २०७८ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?